शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

शेखर कोइरालाले भने–सरकार परिवर्तन गर्ने प्रयास भइरहेको छ

बिहीबार, १२ पुस २०८०, १९ : ४१
बिहीबार, १२ पुस २०८०

फिदिम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ठूलो भ्रष्टाचारका काण्डहरुमा ठूला नेताहरुको हात रहेको दाबी गरेका छन् । नेपाल प्रेस युनियन पाँचथरले फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले भ्रष्टाचारको काण्डमा नेताहरुको नाम मुछिएपछि ढाकछोप गरिएको बताए ।

‘सुन काण्डमा ठूला नेता मुछिएपछि सामसुम भयो,’ पार्टीको केन्द्रीय समिति बैठक छाडेर पाँचथर पुगेका कोइरालाले भने, ‘एनसेल खरिद बिक्री काण्डमा पनि त्यस्तै भएको छ ।’ देशमा दलका नेता, व्यापारी र कर्मचारीहरु मिलेर ठूला–ठूला भ्रष्टाचार गरेको उनको आरोप छ ।

उनले अहिलेको सरकारले देशलाई निकास दिन नसक्ने बताए । देशलाई निकास दिन प्रधानमन्त्री परिवर्तन गर्न कोसिस भइरहेको कोइरालाको भनाइ थियो ।

‘देशलाई बचाउन सरकार परिवर्तन अपरिहार्य भइसक्यो,’ उनले भने, ‘संसदीय व्यवस्थामा गणितको खेल हुन्छ । राम्रो सरकार निर्माणका लागि हामी पहल गरिरहेका छौँ ।’

देशको अर्थतन्त्र डामाडोल भएको उल्लेख गर्दै उनले बैंकहरु पनि मिटरव्याजी भएको बताए । उद्योगी र बैंकर्ष एउटै व्यक्ति हुनु नहुने कोइरालाले उल्लेख गरे । ‘नेपालमा उद्योगी र व्यापारीले नै बैंक सञ्चालन गरेका छन्,’ कोइरालाले भने, ‘यसरी एउटै व्यक्ति सबैतिर हुनु ठिक हैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप