शेखर कोइरालाले भने–सरकार परिवर्तन गर्ने प्रयास भइरहेको छ
फिदिम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ठूलो भ्रष्टाचारका काण्डहरुमा ठूला नेताहरुको हात रहेको दाबी गरेका छन् । नेपाल प्रेस युनियन पाँचथरले फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले भ्रष्टाचारको काण्डमा नेताहरुको नाम मुछिएपछि ढाकछोप गरिएको बताए ।
‘सुन काण्डमा ठूला नेता मुछिएपछि सामसुम भयो,’ पार्टीको केन्द्रीय समिति बैठक छाडेर पाँचथर पुगेका कोइरालाले भने, ‘एनसेल खरिद बिक्री काण्डमा पनि त्यस्तै भएको छ ।’ देशमा दलका नेता, व्यापारी र कर्मचारीहरु मिलेर ठूला–ठूला भ्रष्टाचार गरेको उनको आरोप छ ।
उनले अहिलेको सरकारले देशलाई निकास दिन नसक्ने बताए । देशलाई निकास दिन प्रधानमन्त्री परिवर्तन गर्न कोसिस भइरहेको कोइरालाको भनाइ थियो ।
‘देशलाई बचाउन सरकार परिवर्तन अपरिहार्य भइसक्यो,’ उनले भने, ‘संसदीय व्यवस्थामा गणितको खेल हुन्छ । राम्रो सरकार निर्माणका लागि हामी पहल गरिरहेका छौँ ।’
देशको अर्थतन्त्र डामाडोल भएको उल्लेख गर्दै उनले बैंकहरु पनि मिटरव्याजी भएको बताए । उद्योगी र बैंकर्ष एउटै व्यक्ति हुनु नहुने कोइरालाले उल्लेख गरे । ‘नेपालमा उद्योगी र व्यापारीले नै बैंक सञ्चालन गरेका छन्,’ कोइरालाले भने, ‘यसरी एउटै व्यक्ति सबैतिर हुनु ठिक हैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण