भन्सार एजेन्टको समस्या समाधान गर्न आग्रह
काठमाडौँ । भन्सार एजेन्टहरूले आफूहरूको समस्याको दीर्घकालीन समाधानका लागि आग्रह गरेका छन् । नेपाल भन्सार एजेन्ट संघ काठमाडौँको १३औं वार्षिक साधारण सभामा सरोकारवालाबाट यस्तो आग्रह गरिएको हो ।
वार्षिक साधारण सभाका सभाध्यक्ष गौतम भट्टले भन्सार जाँच पासका तथा कार्य सम्पादनका क्रममा भन्सार एजेन्टले भोग्नु परेका समस्याको दीर्घकालीन समाधानका लागि पहल गरिदिन सरकारलाई अनुरोध गरे। उनले गैरव्यक्तिको सहज प्रवेशले भन्सार एजेन्टले काम नपाइरहेको अवस्थालाई मध्यनजर गर्दै भन्सार एजेन्ट मार्फत मात्र कार्य गर्ने वातावरण हुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले भन्सार कार्यालयमा देखिएका समस्या समाधान व्यापार सहजीकरणको माध्यमबाट समाधान गरिने कुरामा जोड दिए । सहमति र सहकार्यबाट अगाडि बढी राजश्व संकलनमा सहजिकरणको भूमिका निर्वाह गर्न भन्सार एजेन्टको योगदान रहेको र यसलाई कायम राख्न उनको अनुरोध थियो ।
यस्तै काठमाडौंं उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठले भन्सार राजश्व उठाउने मात्र काममा लागेको आरोप लगाउँदै उद्योगी व्यवसायीको समास्य समाधानतर्फ उदासीन रहेको धारणा राखे । भन्सार एजेन्ट र उद्योगी व्यापारी एक भएर भन्सार क्षेत्रमा रहेका विकृति विसङ्गतिलाई हटाउन लाग्नुपर्ने उनको भनाइ थियो ।
यसैगरी भन्सार एजेन्ट महासंघ नेपालका अध्यक्ष भरतराज घिमिरेले भन्सार क्षेत्र संवेदनशील क्षेत्र रहेको र हाल भन्सार नाकामा चुनौती दिन प्रतिदिन थपिँदै बताए ।
१३औं वार्षिक साधारण सभाको अवसरमा मजदुर, भन्सार एजेन्ट तथा पूर्वअध्यक्षरुलाई सम्मान समेत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण