८ वर्षपछि स्टेजमा फर्किए धुर्मुस सुन्तली
काठमाडौँ । हास्य कलाकार द्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) स्टेजमा फर्किएका छन् । २०७२ को भूकम्पपछि स्टेज कार्यक्रमबाट टाढा रहँदै आएका उनीहरू ८ वर्षपछि फेरि मेला महोत्सवमा फर्किएका हुन् ।
शनिवार कास्कीको लेखनाथ महोत्सवमा उनीहरुले मनोरञ्जनात्मक प्रस्तुति दिँदै आफू स्टेजमा फर्किएको बताए । अभिनयमा चर्चित पात्र धुर्मुस र सुन्तलीको गेटअपमै स्टेजमा झुल्किएका उनीहरुले क्यारिकेचर र नृत्य प्रस्तुति मार्फत दर्शक झुमाए ।
बस्ती, रङ्गशाला निर्माण लगायतका कार्यक्रममा आफूलाई व्यस्त बनाएर कलाकारिताबाट टाढा रहँदै आएका उनीहरुले अव भने सक्रिय कलाकारिता गर्ने बताए । महोत्सवमा प्रस्तुत हुन अगाडि उनीहरुले सामाजिक सञ्जालमार्फत लेखनाथ महोत्सवमा प्रस्तुति दिन लागेको बताएका थिएन । स्टेजमा लामो समयपछि फर्किए पनि फिल्म तथा सानो पर्दामा भने उनीहरू फाट्टफुट्ट देखिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण