अभियानपछि पनि केही समय पार्टीलाई दिनुस् : नेता मास्की
तुलसीपुर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनबहादुर मास्कीले चार महिने अभियान सकिएपछि पनि पार्टीलाई केही समय छुट्याउन सुझाब दिएका छन् । बबई गाउँपालिकाको पार्टीको चार महिने अभियानको समीक्षा बैठकलाई सम्बोधन गर्दै मास्कीले भने‘अभियान सकियो भनेर चुप लागेर नबस्नु होला, अरु बेला पनि पार्टीकालागि केही समय छुट्याउनु होला ।’
पार्टी निरन्तर जनतासंग जोडिनु पर्ने भन्दै त्यसकालागि केही समय छुट्याउनु पर्ने उनको भनाइ थियो । लुम्बिनी प्रदेशका अर्थमन्त्री समेत रहेको मास्कीले पश्चिम दाङमा लिईएको विकासको पहलले आगामी निर्वाचनमा एक्लै जित्न सक्ने ठोकुवा गरे ।
‘जनताले पार्टी होइन, ब्यक्ती हेर्छौं भनिरहनु भएको छ’, उनले भने, ‘हामी निरन्तर जनताका समस्यामा एकाकार भयौं, भने ०८४ मा एक्लै जित्छौं ।’
पश्चिम दाङमा पार्टीप्रति आकर्षण समेत बढेको उनले बताए । साथै शनिबार शान्तिनगरको समीक्षा बैठक तथा तुलसीपुर ५ स्थित पातुखोलामा तटबन्ध निर्माणकालागि स्थलगत अवलोकन समेत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण