शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सिजी डिजिटल र जगदम्बा क्रेडिटको संयुक्त सहकार्यमा शून्य प्रतिशत किस्ताबन्दीको सुविधा

आइतबार, १५ पुस २०८०, १५ : ४९
आइतबार, १५ पुस २०८०

काठमाडौँ । सिजी डिजिटल र जगदम्बा क्रेडिटको साझेदारीमा भएको शून्य प्रतिशत किस्ताबन्दीमार्फत अब कुनै झन्झट विना, त्यो पनि क्रेडिट कार्ड विना नै शून्य प्रतिशत ब्याजदरमा एल. जी, सिजी. र बेको ब्रान्डका घरेलु उपकरणहरू जस्तै टिभी, रेफ्रिजिरेटर, वासिङ मेसिन र एयर कन्डिसनर खरिद गर्न सकिने भएको छ। यो सहकार्यले गर्दा अब १२ महिने ०% किस्ताबन्दीको लागि क्रेडिट कार्डको आवश्यकता नपर्ने र यसले नयाँ उपभोक्ताहरूका लागि थप अवसर खोलेको हो। 

ग्राहकहरूले एल. जी., सिजी  र बेको ब्रान्डका घरेलु उपकरणहरू जस्तै टिभी, रेफ्रिजिरेटर, वासिङ मेसिन र एयर कन्डिसनरहरू विशेष छुटमा नै ०% किस्ताबन्दी सुबिधाको लाभ उठाउन सक्नेछन्। यो सुविधा उपत्यका भित्र रहेका सबै सिजी डिजिटल शोरुमहरुमा उपलब्ध हुनेछ। थप जानकारी र कुनै जिज्ञासाको लागि ९८०१९०८९४९/ ९८५१२३७०३८ मा फोन गर्न सक्ने कम्पनीले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप