आमा बन्दै अभिनेत्री दीपिका
काठमाडौँ । अभिनेत्री दीपिका प्रसाईँ आमा बन्ने भएकी छन् । फिल्म निर्देशक तथा दीपिकाका पति दिवाकर भट्टराईले उनी आमा बन्न लागेको सार्वजनिक गरेका हुन् ।
निर्देशक भट्टराईले सामाजिक सञ्जालमा अङ्ग्रेजी नयाँ वर्षको शुभकामना दिँदै सन्तान प्राप्त गर्न लागेको जानकारी दिएका छन् । दीपिकाले पनि आफूहरू अभिभावक बन्न लागेको र सन्तान आउँदै गरेको उल्लेख गरेकी छन् ।
भट्टराईलेले सामाजिक संजालमा दीपिकाको एक तस्बिर सहित लेखेका छन्, ‘ तिम्रो अनि मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण अनि सुन्दर परिचय थपिएको छ माया ! तिमी आमा बन्दैछौं अनि म बाबा । अनि म कति खुसी छु । तिमीलाई कति धेरै माया गर्छु । यो अनुभूति भन्नलाई यो शब्द अरू अपुरो छ । मलाई थाहा छ तिमीले बुझेको छौ । यो हाम्रो जीवनको अनि प्रेमको सुन्दर यात्रा हो । माया जीवन भर तिमीसँगै यसै गरी हिँड्न पाईराखौँ । यही एउटा चाहना छ ।’ दिवाकरको पोस्टमा धेरैले बधाई दिएका छन् ।
दिवाकर र दीपिकाले ४ वर्षअघि विवाह गरेका थिए । केही वर्षको प्रेम सम्बन्धपछि विवाह गरेका यी दुई पछिल्लो समय ‘मायावी’ फिल्मको काममा व्यस्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण