बाँकेको बालसुधार गृहका नाबालक कैदी र प्रशासनबिच सहमति
काठमाडौँ । बाँकेको नौबास्तास्थित बालसुधार गृहका नाबालक कैदी र स्थानीय प्रशासनको बिचमा ५ बुँदे सहमति भएको छ । सहमतिसँगै १४ पुसबाट सुधार गृहमा शुरु भएको विवादको शृङ्खला टुङ्गिएको छ ।
बैजनाथ गाउँपालिका–२ स्थित बाँके बाल सुधार गृहका कैदीहरूका आधारभूत मागहरू सम्बोधन गर्ने सहमति भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले रातोपाटीलाई बताए । उनले भने–‘प्रजिअको तर्फबाट पुरा गर्न सक्ने मागहरू पुरा गर्छु, अन्य निकायसँग समन्वय गरेर पुरा गर्ने मागहरू पुरा गर्न पहल गर्छु ।’
स्थानीय प्रशासन र कैदीहरूको बिचमा गुणस्तरीय खानेपानीको आपूर्ति, मनोरञ्जनको व्यवस्था र पढ्ने वातावरण मिलाउने, उपचारको प्रबन्ध गर्ने र सुधार गृह भित्र सीपमूलक तालिम सञ्चालन गर्ने सहमति भएको छ । त्यस्तै, सुधार गृहमा मनोसामाजिक परामर्श दिने व्यवस्था मिलाउने पनि सहमति भएको छ । सहमतिसँगै कैदीहरू दुईवटा ब्लकमा बस्न सहमत भएका हुन् ।
सुधार गृहबाट १४ जना नाबालक कैदीहरू फरार भएका छन् । उनीहरूको खोजीकार्य जारी रहेको प्रजिअ पोखरेलले बताए । नाबालक अवस्थामा थुनामा परेका बालबालिका १८ वर्ष पुरा हुँदा पनि बाल सुधार गृहमा नै राख्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्थाले यस्ता समस्या आइरहेको प्रजिअ पोखरेलले बताए । उनले भने– ‘१८ वर्ष उमेर पुरा भएकालाई कारागारमा सार्नुपर्छ, त्यस्तै हाम्रो बाल सुधार गृह होस्टेल मोडलमा सञ्चालन गर्नुपर्छ ।’
बाल सुधार गृहलाई कारागार मोडलमा सञ्चालन गर्दा विकृतितर्फ गएको प्रजिअ पोखरेलको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण