सङ्गीतकार रसिकलाई बेलायतको प्रतिभा सम्मान, मेन्याङ्बोलाई पुरस्कार
काठमाडौँ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षका लागि प्रसिद्ध साहित्य तथा सङ्गीत साधक गणेश रसिकलाई प्रतिभा सम्मान अर्पण गर्ने निर्णय गरेको छ । यसै गरी प्रतिभा पुरस्कार मुन्धुमी कवि, कथाकार तथा पत्रकार प्रदीप मेन्याङ्बोलाई अर्पण गर्ने निर्णय गरेको छ । हालै बेलायतमा बसेको संस्थाको बैठकले उक्त निर्णय गरेको हो ।
लगभग पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायनमा उदाएका गीतकार, सङ्गीतकार तथा गायक गणेश रसिकले नेपाली गीत–सङ्गीतका साथै कथा, कविता, उपन्यास, संस्मरण र निबन्ध विधाका दर्जनभन्दा बढी कृति प्रकाशित गरी नेपाली साहित्यको श्रीवृद्धिमा दिएको अतुलनीय योगदानको कदर गर्दै प्रतिभा सम्मान अर्पण गर्ने निर्णय गरिएको प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष टंक वनेमले बताए ।
रसिकका क्षितिजलाई छुन खोज्दा (कथा संग्रह, २०२४), एउटा सारङ्गी छुन खोज्दा (कथा संग्रह, २०२७), रसिकका गीतहरू (गीत संग्रह, २०४५), आकाशगंगाको ओतमुनि (उपन्यास, २०४८), जब सिस्नुहरू टेक्दै हिँडे (संस्मरण, २०५५), बिलाउँदै गएका गीत (कथा संग्रह , २०५८), दशगजामा उभिएर हेर्दा (उपन्यास, २०६३), स्वाधिनताको पीडा (गीत संग्रह, २०६८), पेरुङ्गो संस्करण (पाँच कृति, २०७३) लगायत मेरो अतीत (अडियो क्यासेट), अन्तराल (अडियो क्यासेट भाग १ र २), ओ ! शून्यता (सी.डी.) आदि प्रकाशित छन् ।
यसै गरी लामो समयदेखि पत्रकारितामा संलग्न रहँदै आएका मेन्याङ्बोको पुरुषगन्ध (कथाकृति, २०६०) प्रकाशित छ भने फुटकर रूपमा उनका विभिन्न पत्रपत्रिकामा मुन्धुमी कविताहरू प्रकाशित छन् । हाल उनी मुन्धुमी ज्ञानको खोज–अन्वेषण कार्यमा संलग्न रहेका छन् । सम्मान तथा पुरस्कारको राशि नगद एक लाख रुपैयाँ रहेको छ । प्रतिष्ठानका महासचिव चोक गुरुङका सम्मान तथा पुरस्कार चैत्र महिनाको अन्तिम साता काठमाडौँमा एक समारोहको आयोजना गरी अर्पण गर्ने कार्यक्रम रहेको छ ।
सन् २००८ मा बेलायतमा स्थापित यस प्रतिष्ठानबाट गत वर्ष वरिष्ठ कवि वैरागी काइँलालाई धरानमा बृहत् नागरिक अभिनन्दन गरिएको थियो । यसै गरी प्रतिभा पुरस्कारबाट सुदीप पाख्रिन पुरस्कृत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण