सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

वामी सेवा समिति जापानको अध्यक्षमा थापा

बुधबार, १८ पुस २०८०, १३ : ०७
बुधबार, १८ पुस २०८०

काठमाडौं । वामी सेवा समिति जापानले सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको छ । टोकियोको शिबुयास्थित मनसुन बारमा भएको ७ औं अधिवेशनले सर्वसम्मत अध्यक्षमा दिलिप थापा,बरिष्ठ उपाध्यक्षमा कृष्ण घिमिरे,उपाध्यक्ष विष्णु प्रसाद सापकोटा,महासचिव गोकुल खत्री,सचिव सुजन खत्री,सहसचिव रविन कक्षापति, कोषाध्यक्ष होमलाल सापकोटा, सहकोषाध्यक्ष ईश्वरी सापकोटालाई चयन गरेको हो  । यसैगरी सदस्यहरुमा खिम बहादुर खत्री,मख्खन घर्ती,सुवास परियार,यज्ञ प्रसाद घिमिरे,प्रकाश जिसी,खिम बहादुर नेपाली,टंक लामिछाने,बावुराम काफ्ले, शिव केसी,डिवी रायमाझी, देव सापकोटा रहेका छन् ।

त्यस्तै महिला उपाध्यक्षको पद कार्य समितिको पहिलो बैठकले तय गर्ने अध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार कार्य समितिले हरेक वर्षको जनवरी १ तारिखमा साधारण सभा तथा अधिवेशन गर्दै आएको छ ।

समितिले जापान तथा नेपालमा समस्यामा परेका व्यक्तिहरुलाई आर्थिक सहयोग जुटाउनेदेखि गुल्मीको वामीमा शिक्षा, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । संस्थाले स्थापना काल(२००८) देखि झण्डै ५/६ करोड रकम बराबरको आर्थिक तथा भौतिक सहयोग गरिसकेको वरिष्ठ उपाध्यक्ष घिमिरेले जानकारी दिए । उनका अनुसार समाजले आगामी दिनमा गुल्मीमा स्वास्थ्य शिविर,रक्तदान लगायतका कार्यक्रम समेत राख्ने योजना बनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप