अमेरिकाद्वारा मारिए भेनेजुएलाको ‘ट्रेन दे आरागुवा’का नेता गुरेरो
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको कुख्यात आपराधिक समूह ट्रेन दे आरागुवाका नेता हेक्टर रस्थेनफोर्ड गुरेरो उर्फ ‘निन्यो गुरेरो’ अमेरिकी हवाई आक्रमणमा मारिएको घोषणा गरेका छन् ।
- ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकी दक्षिणी कमाण्डले संचालन गरेको सैन्य कारबाहीमा गुरेरो मारिएको बताएका हुन् ।
- ट्रेन दे आरागुवालाई अमेरिकी प्रशासनले लागुऔषध तस्करी, मानव बेचबिखन, अपहरण र ‘कन्ट्याक्ट किलिंग’ जस्ता अपराधमा संलग्न रहेको आरोप लगाएको छ ।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको कुख्यात आपराधिक समूह ट्रेन दे आरागुवाका नेता हेक्टर रस्थेनफोर्ड गुरेरो फ्लोरेस उर्फ ‘निन्यो गुरेरो’ अमेरिकी हवाई आक्रमणमा मारिएको घोषणा गरेका छन् ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकी दक्षिणी कमाण्डले संचालन गरेको सैन्य कारबाहीमा गुरेरो मारिएको बताएका हुन् । उनले आक्रमणको भिडियोसमेत सार्वजनिक गरेका छन्, जसमा एउटा भवन विस्फोट गराइएको देखिन्छ ।
ट्रेन दे आरागुवा ल्याटिन अमेरिकाका सबैभन्दा कुख्यात आपराधिक समूहहरूमध्ये एक मानिन्छ । अमेरिकी प्रशासनले उक्त समूहलाई विदेशी ‘आतंकवादी संगठन’ घोषणा गर्दै लागुऔषध तस्करी, मानव बेचबिखन, अपहरण र ‘कन्ट्याक्ट किलिङ’ जस्ता अपराधमा संलग्न रहेको आरोप लगाएको छ ।
गुरेरोले लामो समयदेखि उक्त समूहको नेतृत्व गर्दै आएका थिए । अमेरिकी विदेश मन्त्रालयले उनको पक्राउबारे सूचना दिनेलाई लाखौं डलर पुरस्कार घोषणा गरेको थियो । ट्रम्प प्रशासनले यो कारबाही भेनेजुएलासँगको समन्वयमा गरिएको दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो : सञ्चारमन्त्री तिमिल्सिना
-
हलेसीमा विपन्नलाई भूकम्प प्रतिरोधी नयाँ घर हस्तान्तरण
-
धूमिलका तीन कविता
-
लेबनानमा शान्ति रक्षकको हत्या भएको घटनाको राष्ट्रसङ्घद्वारा निन्दा
-
राखेपका नवनियुक्त उपाध्यक्ष श्रेष्ठलाई नेपाल फुटबल खेलाडी सङ्घले दियो बधाई
-
समयको कठघरामा उभिएका स्वर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण