‘सरकार तीन तहका भएपनि खोज्दै जाँदा कतै नभेटिने भए’
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता, एवं पूर्वमन्त्री यामलाल कँडेलले खेल पूर्वाधारको हिसाबले कर्णाली निकै कमजोर रहेकाले यसलाई बदल्न आवाश्यक रहेको उनको भनाइ छ। शुक्रबार ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै कँडेलले खेल पूर्वाधारमा कुनै पनि सरकारले खासै ध्यान नदिइएको उनले बताए ।
सरकार तीन तहका भएपनि खोज्दै जाँदा कतै नभेटिने भएकाले यो सरकार कहाँ जाने हो त्यो विषयमा हेक्का राख्नुपर्ने अवस्था आएको उनले बताए। १० राष्ट्रिय खेलकुदका लागि कर्णालीका लागि प्रतिष्ठाको विषय भएको बताए । तर, चुनौती पनि उत्तिकै रहेको बताए ।
‘अहिले हेर्दा कतै बजेट नदेखिने तर असारका महिना अर्बौं बजेट सकाउने प्रवृत्ति मौलाइरहेको छ,’ उनले भने– ‘१० औं राष्ट्रिय खेलकुदका लागि आवाश्यक खेल पूर्वाधार अझै अभाव छ ।’ अर्कातिर बजेट पनि कतै नदेखिएकाले १० राष्ट्रिय खेलकुद कर्णालीका लागि चुनौतिको विषय पनि रहेको कँडेल बताउँछन्।
उनले भने, ‘अरु चिज अरुबेला बनाउँला १० औं राष्ट्रिय खेलकुद सम्पन्न बनाउने कुरामा सोच्नुपर्यो, संरचना बनाउने फेरि खेलमा शुन्य आउने कुरा पनि त राम्रो होला नि !’ प्रतिष्ठामा आँच नआउने गरी आयोजना सम्पन्न गर्नुपर्ने उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
-
इरान युद्धलाई असफल ठान्छन् अधिकांश अमेरिकी
-
पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण