विधान मस्यौदा शनिबार बुझाउने समितिको तयारी
काठमाडौँ । माओवादी केन्द्रले गठन गरेको विधान मस्यौदा समितिले शनिबार मस्यौदा पार्टीलाई बुझाउने भएको छ । मस्यौदाको काम सकिए पनि भाषा मिलाउन बाँकी रहेकाले शनिबार बुझाउने सचिव एवं मस्यौदा समिति सदस्य राम कार्कीले जानकारी दिए ।
‘मस्यौदाको काम सकिएको छ । भाषा मिलाएर अन्तिम रुप दिन बाँकी छ । मस्यौदा भोलि बुझाउँछौं’, उनले भने ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित मस्यौदामाथि छलफल भएको थियो । अहिले मस्यौदाको प्रुफिङ हेर्ने, भाषा मिलाउने र केही प्रविधिक विषय मिलाउने काम भइरहेको मस्यौदा शुक्रबार नबुझाइएको नेताहरूको जिकिर छ ।
पुस ५ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पादाधिकारी बैठकले उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्य मस्यौदा समिति गठन भएको थियो । जसमा महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, सचिवहरू गणेश साह र राम कार्की सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण