शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आजपाको आन्दोलनबारे प्रचण्ड र साहबीच सिंहदरबारमा छलफल

शुक्रबार, २० पुस २०८०, १८ : ०८
शुक्रबार, २० पुस २०८०

काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहबीच भेटवार्ता भएको छ । भन्सार कमिसन खारेजीको माग सहित आम जनता पार्टीले गर्दै आएको आन्दोलनको विषयमा भेटका क्रममा छलफल भएको बताइएको छ । 

शुक्रबार सिंहदरबारमा प्रचण्डसँग आफूहरुको आन्दोलनको मागको विषयमा करिब आधा घण्टा कुराकानी भएको साहले जानकारी दिए । छलफलका क्रममा प्रचण्डले आइतबारसम्म यस विषयमा आफूले निकास निकाल्ने आश्वासन दिएका छन् । 

‘छलफलका क्रममा मैले प्रधानमन्त्रीलाई पार्टीले गर्दै आएको आन्दोलनको विषयमा ध्यानाकर्षण गराएँ । आन्दोलनको माग सम्बोधन नभएको विषय राख्दा आफूले समाधान खोज्ने भन्नु भएको छ’, साहले भने, ‘आइतबारसम्मा निकास निकाल्छु भनेर प्रधानमन्त्रीले भन्नुभएको छ ।’

भन्सार कानूनमा रहेको ४५ प्रतिशत कमिसन वापतको पुरस्कारको प्रावधान हटाउन माग गर्दै आजपाले लगातार भन्सार विभाग घेराउ गर्दै आएको छ । आम सम्पर्क मञ्चको अगुवाइमा भन्सार विभाग घेराउ गर्दै आएको आजपाले माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताएको छ । 

यसैबीच आजपाले सर्लाहीको बरहथवामा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । न्याय प्राप्तिका लागि हुने विभिन्न शान्तिपूर्ण संघर्षहरुमा पटक पटक राज्य पक्षद्वारा भईरहेको दमनकारी हर्कतहरुले सरकार निरंकुशताको पथमा अग्रसर रहेको पुष्टि हुने आजपाको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप