ऋणको मूल्य
म जवान
ऋणको पहरी बोकेर
बाउको ऋण तिर्न आफ्नै
शिर लिएर परदेसिएको
दैलो उघार्दै गरेको हुँ ।
म आफ्नै स्वाभिमान छातीमा
टाँगेर आमाको सिन्दूरको
मेटिएको टाटो पुर्न
तिम्रो धन्दाको राजस्वरूपी
इमान तिर्न आएको हुँ ।
गल्ती त मौन रूपले तिम्ले ग¥यौ बा
किन जहिले
राज्य बेच्नेलाई आफ्नो कर्मको
हस्तले भाग्याका रेखा कोरेका थियौ ?
आमाको रातो धोतीको पहिरन
साटेर आफ्नो कर्म बाकसमै
टाँसिएर
सबै सपना थुनाएर
तिमी छिरेको विमानले
बा मलाई पनि बोलाएको छ ।
आमाको पटुको तीन फन्को खोलेपछि
भेटिएको लघुवित्तको ऋण
तिर्न म मुठीमा
सम्पत्तिको सहारा खोज्न
तिम्रो सरकारको ढोकामा आएको छ ।
सरकार म तिमीसँग केही माग्न
आएको छैन
तिमी किन मेरो शिरको
इमान र कर्ममा गोली ठोक्दै छौ ?
मेरो जवान इमान
नबुझे पनि
पनि मेरो कर्मको
खैरो किन खोज्दै छौ ।
गैरीखेतको चामलले
आमाले दसैँमा टीका
लगाउँदा एउटै आशीर्वाद दिएकी छन्
ऋण तिर्न कमाउनु है
सास फेर्न
कमाउनु है ।
आफन्ती पाउन कमाउनु है
गरिबको घरमा मुस्कान
किन्न कमाउनु है
आमा रेडियो खोल्छिन्
समाचार सुन्छिन्
आफ्नै एक सन्तानको हत्याले ।
आमा पुनः
पीडाको विधवा हुन्छिन्
आमा
यहाँ कसैकी आमा पटक पटक विधवा
हुन्छिन्
कसैकी आमा
सन्तानको ममताको
स्पर्श हुन्छिन्
हो आमा अब ढुङ्गा हुन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण