जुम्लाकी सांसद लामाले प्रधानमन्त्रीलाई बुझाइन् ११ बुँदे मागपत्र
सुर्खेत । जुम्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद छिरिङ ल्हामु लामा (तामाङ)ले कर्णालीको विकास र परिवर्तनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नै ११ बुँदे मागपत्र पेस गरेकी छिन् । उनले कर्णालीका लागि आवश्यक र तत्काल गर्न सकिने विकासे योजना तथा रणनीतिको फेहरिस्त प्रधानमन्त्रीलाई दिएकी हुन् ।
उनको पत्रमा सुर्खेत–जुम्ला राजमार्गदेखि हिमाली यातायातसम्मका आयोजनाहरू उल्लेख छन् । लामाले ग्रेट हिमालयन पदमार्गलाई व्यवस्थित, भरपर्दो र पर्यटकीय मैत्री बनाउन ग्रेट हिमालयन पदमार्ग विकास तथा समृद्धि योजना घोषणा गर्नुपर्ने माग राखेकी छिन् । उक्त पदमार्गलाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
‘गणतन्त्र स्थापनाका लागि सबैभन्दा बढी बलिदानी गरेको प्रदेश कर्णाली हो,’ लामाले भनेकी छिन्, ‘यहाँका जनताको भावनालाई उच्च सम्मान गर्नका लागि दश जिल्ला जोड्ने कर्णाली चक्रपथ सडकको निर्माण आवश्यक देखिन्छ । उक्त सडकको नाम जनयुद्ध स्मृति सडक नामकरण गरिनुपर्ने गरी घोषणा गर्नुपर्ने कुरा पनि राखिएको छ ।’
कर्णालीको वाणिज्य क्षेत्रको विकासको लागि हुम्लाको हिल्सा, मुगुको नाक्चेलाग्ना र डोल्पाको मोरील्ला नाकासम्म पुग्ने स्तरीय उत्तर–दक्षिण सडक निर्माण गर्नुपर्ने प्रस्ताव पनि उनले राखेकी छन् । यी नाकाहरूमा व्यवस्थित भन्सार राख्न सकिए कर्णालीले देशलाई व्यापार क्षेत्रमा ठुलो योगदान गर्ने अपेक्षा गरिएको छ ।
लामाले कर्णालीमा पाइने जडीबुटीको विकास र प्रवर्द्धनका लागि पनि ध्यान दिन सरकारको ध्यानाकर्षण गरेकी छिन् । कर्णालीको जडीबुटीको विकास, सङ्कलन, प्रशोधन र बजारीकरण गर्न जुम्लामा हिमाली जडीबुटी तथा फलफूल विकास बोर्ड गठन गरिनुपर्ने माग राखेकी छिन् ।
लामाले हिमाली क्षेत्रको कला संस्कृतिको प्रवर्द्धन मार्फत विश्व पर्यटनलाई आकर्षण गर्नका लागि हिमाली सभ्यता अध्ययन प्रतिष्ठान सिञ्जामा स्थापना गर्न आवश्यक रहेको, उच्च क्षेत्रमा खेलिने साहसिक खेलको केन्द्र स्थापना गरिनुपर्ने, जुम्ला विमानस्थलको स्तरोन्नतिका लागि पर्याप्त बजेट व्यवस्थापन गर्न, सुर्खेत–जुम्ला सडकको स्तरोन्नति तत्काल गरिनुपर्ने माग राखेकी छिन् । कर्णाली राजमार्गलाई मृत्यु मार्गका रूपमा चिनिने हुँदा यो सडकको स्तरोन्नति गर्न आवश्यक देखिन्छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
-
इरान युद्धलाई असफल ठान्छन् अधिकांश अमेरिकी
-
पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण