पूर्वी युक्रेनमा रुसी क्षेप्यास्त्र प्रहारमा ११ जनाको मृत्यु
कीएभ । पूर्वी युक्रेनमा रुसले गरेको क्षेप्यास्त्र हमलामा ५ बालबालिकासहित ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । शनिबार रुसी एस–३०० मिसाइल डोनेस्क क्षेत्रमा युक्रेनको नियन्त्रणमा रहेको पोक्रोभस्क सहरमा खसेको थियो ।
‘दुश्मनले सर्वसाधारणहरुलाई लक्षित गरेर क्षेप्यास्त प्रहार गरेको’ गर्भनर भादिम फिलास्किनले टेलिग्राममार्फत एक सन्देश जारी गर्दै बताएका छन् । उता राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पनि आफ्नो सम्बोधनमा रुसले आवसीय क्षेत्रलाई निशाना बनाएको बताए ।
यस विषयमा रुसले प्रतिक्रिया दिन बाँकी रहेको छ । पोक्रोभस्क रुसी सेनाको नियन्त्रणमा रहेको डोनेस्क सहरभन्दा ७० किलोमिटर उत्तर पूर्वमा रहेको छ । युद्ध सुरु हुनुभन्दा अघि यस क्षेत्रमा करिब ६० हजार मानिसको बसोबास रहेको थियो ।
अधिकारीहरुको चेतावनीका बावजुद केही स्थानीयहरु आफ्नो पुरानो वासस्थानमा फर्किएका छन् । गत वर्षको अगस्तमा पनि त्यहाँ क्षेप्यास्त्र प्रहार भएको थियो । उक्त घटनामा कम्तिमा ९ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण