मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वी युक्रेनमा रुसी क्षेप्यास्त्र प्रहारमा ११ जनाको मृत्यु

आइतबार, २२ पुस २०८०, ११ : २९
आइतबार, २२ पुस २०८०

कीएभ । पूर्वी युक्रेनमा रुसले गरेको क्षेप्यास्त्र हमलामा ५ बालबालिकासहित ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । शनिबार रुसी एस–३०० मिसाइल डोनेस्क क्षेत्रमा युक्रेनको नियन्त्रणमा रहेको पोक्रोभस्क सहरमा खसेको थियो ।

‘दुश्मनले सर्वसाधारणहरुलाई लक्षित गरेर क्षेप्यास्त प्रहार गरेको’ गर्भनर भादिम फिलास्किनले टेलिग्राममार्फत एक सन्देश जारी गर्दै बताएका छन् । उता राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पनि आफ्नो सम्बोधनमा रुसले आवसीय क्षेत्रलाई निशाना बनाएको बताए ।

यस विषयमा रुसले प्रतिक्रिया दिन बाँकी रहेको छ । पोक्रोभस्क रुसी सेनाको नियन्त्रणमा रहेको डोनेस्क सहरभन्दा ७० किलोमिटर उत्तर पूर्वमा रहेको छ । युद्ध सुरु हुनुभन्दा अघि यस क्षेत्रमा करिब ६० हजार मानिसको बसोबास रहेको थियो ।

अधिकारीहरुको चेतावनीका बावजुद केही स्थानीयहरु आफ्नो पुरानो वासस्थानमा फर्किएका छन् । गत वर्षको अगस्तमा पनि त्यहाँ क्षेप्यास्त्र प्रहार भएको थियो । उक्त घटनामा कम्तिमा ९ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप