प्रेमिकाको चिहान
सचेष्ट सन्नाटाभित्र छिप्पिएको कालो रातमा
हुँडार र स्यालका उराँठिला हुइँयाहरू सुन्दै
बिरहले रुँदै सुसाइरहेको खोला किनारमा
चिसो बगरे स्याँठका चाम्रा थप्पडहरू खाँदै
गाउँसहरभन्दा दूर आत्माहरूको बस्तीमा
एउटा पृथक् र अलौकिक भूमिगत माया खोज्दै
मृगतृष्णाले डोर्याएको भावुक मनमन्दिरमा
अतितका मिठा प्रणयी झझल्काहरूले झस्कँदै
भक्कानिँदै गिड्गिडाउँछ एउटा विक्षिप्त याचक
आफ्नी प्रेमिकाको चिहान अगाडि पसारो परेर ।
प्रेमासक्त दिल बोकेर भौँतारिरहेको एक सजीव आसिक
हाँफ्दै प्रेमिकाको चिहानलाई परिक्रमा गर्न थाल्छ
बेलगाम दिलभित्र छताछुल्ल भएको प्रेमसागरबाट
झुसी अनुरागहरू प्रेमिकाको चिहानमा अर्पिदिन्छ
प्रेमोद्यानबाट टिपी ल्याएका गुलावका थुँगाहरू
चिरनिन्द्रा लिएकी प्रेमिकाको चिहानमाथि चढाइदिन्छ
अतीतका ती स्वर्णीम प्रणय पलका कल्पनामा डुब्दै
यथार्थपरक र वियोगी तीतो वर्तमानलाई भुलिदिन्छ
पिलपिल रुने तारा र न्याउलीको बिरहिलो रोदनसँगै
प्रेमिकालाई झक्झकाउन खोज्छ चिहानलाई छाँद हालेर
ब्युँझ न प्रिये ! मेरो पुकार सुनेर चिहानघरबाट बाहिर आऊ
बोल न प्यारी ! मेरो आर्तनाद सुनेर मसँग अङ्कमाल गर्न आऊ
हे प्रेमकी प्रतिमूर्ति ! मेरा भत्किएका सपनाहरू जोड्न आऊ
सजीव बनेर कहिले ठुस्किँदै कहिले जिस्किँदै मसामु आऊ
हे चिहानकी परी ! मेरा च्यातिएका चाहनाहरू टाल्न आऊ
लजालु भाकामा कहिले मस्किँदै कहिले झस्किँदै बाहिर आऊ
हे मृगनयनी ! श्वेत कफन फालेर रातो गुन्युचोलीमा सजिएर आऊ
तड्पिएर क्षतविक्षत भएको मेरो छातीलाई सिलाउन आऊ
हे प्राणप्यारी ! अब त मेरो क्रन्दन सुनेर दिवार तोडेर आऊ
तिम्रै प्रेमको खातिर देहत्याग गरेको यो प्रेमीलाई भेट्न आऊ ।
दुवै परलोकी प्रेमात्माहरूको बहुप्रतिक्षित पुनर्मिलन हुन्छ
असन्तृप्त अनुरागका खहरेहरूमा अनियन्त्रित बाढी आउँछ
समानताको सुगन्ध आउने ऐश्वर्यशाली प्रेमिलो परलोकमा
अछुतताको प्रताणनाले पिल्सिएकी नारीले आत्महत्या गर्नुपर्दैन
स्वतन्त्र पन्छी झैँ प्रेमको सगरमा उडिहरेका ती प्रेमालिन जोडीलाई
अब मत्र्यलोकिय गाउँसमाजका तगाराहरूले छेक्न सक्दैनन्
प्रितिको सागरमा पौडिरहेका अति आत्मीय आत्माहरूलाई
अब उप्रान्त भेदभावी धनी गरिबीका अङ्कुसेहरूले तान्न सक्दैनन्
वरदानरूपी सच्चा प्रेम सदा अविनाशी, अमत्र्य र अजर हुन्छ
नश्वर शरीरको पृथकित आत्मा सर्वदा चैतन्य र जीवित हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमानिया पठाउने नाममा ठगीधन्दा : आरोपीले ठगेको रकम भेटिएन, उल्टै ऋण देखियो
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण