कोशी प्रदेश
कोशीको सभामुखमा एमालेले उम्मेदवारी नदिने
मङ्गलबार, २४ पुस २०८०, ११ : ३४
_nj4knftxko_vy0ypB7SwL.jpg)
विराटनगर। आज हुने कोशी प्रदेश सभाको सभामुखको निर्वाचनमा नेकपा एमालेले उम्मेदवार नउठाउने भएको छ । मंगलबार बिहान बसेको नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको प्रमुख सचेतक रेवती भण्डारीले जानकारी दिए ।
‘सभामुखमा एमालेले उम्मेद्वारी दिदैन’, उनले भने, ‘गठबन्धन बाहेकका उम्मेदवारलाई सघाउछ ।’
कोशी प्रदेशमा मंगलबार दिउँसो ३ बजे सभामुखका लागि निर्वाचन हुदैछ । सभामुखमा झापाबाट निर्वाचित प्रदेश सभा सदस्य राप्रपाका अमरबहादुर विष्टलाई सभामुखको उम्मेदवार बनाउने दलहरुको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
-
गर्मी बढेसँगै पौडीमा रमाउँदै केटाकेटीहरू, तस्बिरहरू
-
ईसीडी एक वर्षको बनाउन शिक्षा मन्त्रालयको प्रस्ताव
-
कर्णालीको बजेट चालु वर्षकै हाराहारीमा आउने, २३ हजार बढी योजना छनोट
-
तस्बिरमा हेर्नुहोस् यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको ‘प्राइड परेड’
-
करेन्ट लगाएर माछा मार्न खोज्दा श्रीमान श्रीमतीको मृत्यु