सभामुखको निर्वाचन दिउँसो ३ बजे हुने निश्चित, विष्ट सर्वसम्मत सभामुख बन्ने सम्भावना
_nj4knftxko_vy0ypB7SwL.jpg)
विराटनगर । कोशी प्रदेशसभाका दलहरूले प्रदेशसभाको सभामुख निर्वाचन आज दिउँसो ३ बजे गर्ने निर्णय गरेका छन् । प्रदेशसभाको कार्यब्यवस्था परामर्श समितिको बैठकले ३ बजे सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको उपसभामुख सिर्जना दनुवारले जानकारी दिएकी हुन् ।
सभामुखको टुङ्गो लगाउन सत्तारुढ र प्रमुख प्रतिपक्षी दलको बैठक बिहानै देखि चलिरहेको छ। सत्तारुढ गठबन्धनको सहमति अनुसार सभामुख राप्रपाले पाउनेछ । राप्रपाले झापाका प्रदेशसभा सदस्य अम्बरबहादुर बिस्टलाई सभामुख बनाउने निर्णय गरिसकेको छ । सभामुखमा बिस्ट निर्विरोध निर्वाचित हुने सम्भावना देखिएको छ ।
सभामुखबारे औपचारिक निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक जारी छ । राप्रपा संसदीय दलको बैठकले सभामुख लिने निर्णय गरेको छ । प्रमुख विपक्षी नेपाल कम्युनिस्ट पार्टी एमाले दलको बैठक जारी छ । नेपाली कांग्रेस संसदीय दलको बैठकले सभामुख चयन प्रक्रियालगायत विषयमा छलफल गरिरहेको प्रदेशसभा सदस्य अमृत अर्यालले जानकारी दिए ।
राप्रपाले भने दलीय सहमतिको आधारमा सभामुख पद लिने निर्णय गरेको एक सांसदले बताए । राप्रपा प्रदेश समितिका सभापति राम थापा सहित पदाधिकारसमेत बैठकमा सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान इजरायल तनाव: सिरिया र जोर्डनको हवाई क्षेत्र बन्द
-
शाहरान तेल प्लान्टमा लागेको आगो नियन्त्रणमा लिने प्रयास जारी
-
मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति
-
इरानको आक्रमणपछि हाइफामा क्षति छैन, पश्चिम गालिलिमा १४ घाइते
-
बङ्गलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरु: मन्त्री खड्का
-
तेलअभिव र हाइफा मुख्य निशाना: इरान