नेपालीहरूको अवस्था बुझ्न रूस जाने तयारीमा परराष्ट्रमन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद रूस जाने भएका छन् । रूसमा रहेका नेपालीहरूको अवस्थाबारे बुझ्न मन्त्री साउद जान लागेका हुन् । उनको भ्रमणको मिति भने तय भइसकेको छैन् ।
परराष्ट्र स्रोतका अनुसार मन्त्रालयले उनको भ्रमणको तयारी तिब्र बनाएको छ । रूस भ्रमणको क्रममा मन्त्री साउदले रूसी सेनामा कार्यरत नेपालीको अवस्था, मृत्यु भएकाहरूको शव ल्याउने तथा क्षतिपूर्ति दिलाउने विषय, घाइतेहरूको उपचार तथा राहतका विषयमा रूसी सरकारसँग कुरा गर्नेछन् ।
रूसी सेनामा कार्यरत १० जना नेपालीको मृत्यु भइसकेको छ । परराष्ट्र मन्त्रालयले लगभग २०० जना नेपालीहरू रूसी सेनामा कार्यरत रहेको अनुमान गरेको छ । अहिलेसम्म ११५ जना नेपालीले नेपाल उद्धारका लागि परराष्ट्र मन्त्रालय मार्फत उद्धारका लागि आवेदन दिएका छन् । परराष्ट्र मन्त्रालयले मन्त्री साउदको भ्रमणको व्यवस्था मिलाउन रूसीस्थित नेपाली राजदूतावसलाई निर्देशन दिएको स्रोतले बतायो ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आयोजित नगरस्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै मन्त्री साउदले उद्धारका लागि हालसम्म ११५ जनाले आवेदन दिएको बताए । रूसी सेनामा २०० भन्दा बढीको संख्यामा नेपालीहरू कार्यरत रहेको अनुमान गरिएको बताए ।
‘जोखिमपूर्ण ठाउँमा त्यो पनि सेनामा पठाउने नेपाल सरकारको कुनै नीति छैन् । रसिया सेनामा भर्ना भएकाहरूलाई फिर्ता ल्याउने । घाइतेहरूलाई उपचार तथा राहत उपलब्ध गराउने, दिवगंत भएकाहरूको हकमा पाउने सहुलियत नजिकका हकदारहरूलाई दिलाउने विषयमा कुराकानी गरिरहेको छु । रूससँग छलफल चलिरहेको छ’ मन्त्री साउदले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण