आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ब्राउन सुगरसहित पोखराबाट १ जना पक्राउ

बुधबार, २५ पुस २०८०, १८ : १२
बुधबार, २५ पुस २०८०

पोखरा । पोखराबाट ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन् । पोखरा १७ छोरेपाटनबाट स्याङ्जा भीरकोट नगरपालिका १ घर भई पोखरा १५ कोलपाटन बस्ने ३४ वर्षका अनिल गुरुङ पक्राउ परेका हुन् ।

शङ्कास्पद अवस्थामा हिँडेपछि उनलाई खानतलासी गर्दा ६.२ ग्राम ब्राउन सुगर बरामद भएको कास्की प्रहरीले जनाएको छ । उनले झोलामा ब्राउन सुगर राखेका थिए ।गुरुङलाई जिल्ला अदालतबाट लागू औषध मुद्धामा १० दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप