ब्राउन सुगरसहित पोखराबाट १ जना पक्राउ
बुधबार, २५ पुस २०८०, १८ : १२
पोखरा । पोखराबाट ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन् । पोखरा १७ छोरेपाटनबाट स्याङ्जा भीरकोट नगरपालिका १ घर भई पोखरा १५ कोलपाटन बस्ने ३४ वर्षका अनिल गुरुङ पक्राउ परेका हुन् ।
शङ्कास्पद अवस्थामा हिँडेपछि उनलाई खानतलासी गर्दा ६.२ ग्राम ब्राउन सुगर बरामद भएको कास्की प्रहरीले जनाएको छ । उनले झोलामा ब्राउन सुगर राखेका थिए ।गुरुङलाई जिल्ला अदालतबाट लागू औषध मुद्धामा १० दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण