शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सहकारीमा देखापरेका समस्याको समाधान गर्न गृहमन्त्री श्रेष्ठले गरे छलफल

बुधबार, २५ पुस २०८०, १८ : ३२
बुधबार, २५ पुस २०८०

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीमा देखापरेका समस्याको समाधान गर्न सम्बन्धित निकायहरुसँग छलफल गरेका छन् । 

बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा गृहमन्त्री श्रेष्ठले सहकारीमा देखापरेका समस्याको समाधान गर्न विषयमा छलफल गरेका हुन् । 

बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई आवश्यक जनशक्ति व्यवस्थापन गरी  उपसमिति मार्फत् तोकिएको सहकारीको चल, अचल सम्पत्तिको लेखाजोखा, लिलाम आदी गर्ने र निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न पहल गर्ने निर्णय गरेको छ । यस्तै बचत तथा कर्जा सुरक्षण कोष छिटो सञ्चालनका पहल गर्ने पनि बैठकले निर्णय गरेको छ । 

यस्तै बैठकले नियामक निकाय गठन आदेश मार्फत् गठन गरी कार्य सुरु गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार गृहमन्त्री श्रेष्ठले सहकारीमा देखिएका समस्या समाधान गर्न अग्रसरता लिएका हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप