सता गठबन्धनले लुम्बिनीमा बनायो समन्वय समिति
बुटवल । लुम्बिनी प्रदेशमा सता गठबन्धनले राष्ट्रियसभा निर्वाचन लक्षित समन्वय समिति गठन गरेको छ । बिहीबार बसेको गठबन्धनको बैठकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन समन्वय समिति गठन गरेको हो ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको संयोजकत्वमा राष्ट्रियसभा निर्वाचन प्रदेश समन्वय समिति गठन गरिएको बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बैठकले प्रदेशका सबै जिल्लाका स्थानीय तहका प्रमुख/उपप्रमुख र जिल्ला नेतृत्वसँग भेटघाट गर्न माघ २ गतेदेखि जिल्ला–जिल्ला जाने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनले झक्कुप्रसाद सुवेदी र विष्णुकुमारी सापकोटालाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाएको छ ।
सुवेदी नेकपा माओवादी केन्द्रको तर्फबाट र सापकोटा कांग्रेसको तर्फबाट उम्मेदवार बनेका हुन् । एमालेले झपेन्द्र जिसी, तुलासा कुमारी केसीलाई उम्मेदवार बनाएको छ । यस्तै राप्रपाबाट निरनजन थापा र विजयी लक्ष्मी सिंहले उम्मेदवारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
पहिलो हाफमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण