डा.भामा र माण्डवीको ‘आदत’ मा प्रियाना र सञ्जिवको रोमान्स

काठमाडौँ । लोकप्रिय गायिका माण्डवी त्रिपाठीको स्वर तथा डा.भामा देवकोटा शर्माको शब्द रहेको गीत ‘आदत’ सार्वजनिक भएको छ । गीतमा संगीत तथा संगीत संयोजना बिपिन आचार्यको छ ।
रोमान्टिक शैलीमा तयार गीतमा प्रेमिकाले आफ्नो जीवनमा प्रेमीको आदत परेको कुरा ब्यक्त छ । प्रेमिकाले आफ्ना लागि प्रेमिकोसाथ अपरिहार्य रहेको समेत बताएकी छन् ।
गीतको भिडियो फिल्मी शैलीमा तयार गरिएको छ । भिडियोमा हास्य सिरियल ‘सक्किगोनी’ को कलाकार प्रियाना आचार्य मुन्नी’, सञ्जिव तामाङ, गीतकार डा.भामा देवकोटा शर्मा, डा.प्रमोद शर्मा, श्यामा देवकोटाको अभिनय छ ।
डा.प्रमोद शर्मा निर्माता रहेको भिडियोमा प्रेमी प्रेमिकाको रोमान्टिक प्रेमकथा देखाइएको छ । सञ्जिव तामाङको कोरियोग्राफी, विजय रुम्बा लामाको छायांकन तथा सम्पादन रहेको भिडियो संगीतकार विपिन आचार्यले नै निर्देशन गरेका हुन् ।
गीत अमेरिकामा रहेर नेपाली गीत संगीत, साहित्य र संस्कृतिलाई माया गर्ने जोडी डा.भामा देवकोटा शर्मा र डा.प्रमोद शर्माको आधिकारिक युट्युव च्यानल प्रभामा क्रियसनबाट सार्वजनिक गरिएको हो ।
नेपाल र अमेरिकाको बिभिन्न स्थानमा छायाङ्कन भएको भिडियोेको चर्चित छायांकार रामेश्वर कार्कीले अमेरिकामा छायाङ्कन गरेका हुन् । फिल्मी शैलीमा तयार भिडियोमा चर्चित फिल्म निर्देशक नारायण पुरीको समेत विशेष मार्गनिर्देशन रहेको निर्देशक संगीतकार आचार्यले बताए । गीत तथा भिडियो दर्शक श्रोताको रुचिमा पर्ने विश्वास गीतकारको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ औँ राष्ट्रपति रनिङ शिल्ड : सुदूरपश्चिमको छात्र टोलीको विजयी सुरुवात
-
अस्ट्रियाको विद्यालयमा गोलाबारी, मृत्यु हुनेको संख्या ११ पुग्यो
-
लस एन्जलसमा आंशिक कर्फ्युको घोषणा
-
तस्बिरमा हेर्नुहोस् राजा श्रीनिवास मल्लको सिंहासन
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’मा सहभागी हुन मलेसिया उडे आरभ