प्रिमियर लिगमा सिटीको कठिन जित
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा सिटीले न्युक्यासललाई ३–२ गोल अन्तगरले पराजित गरेको हो । सिटीको सिजतमा बर्नान्डो सिल्भा, केभीन डी ब्रुएन र ओस्कार बोबले १–१ गोल गर्दा न्यूक्यासलका लागि एलेक्जेन्डर इसक र एन्थोनी गोर्डनले १–१ गोल फर्काएका थिए ।
न्यूक्यासलको मैदानमा सिटीले २६ औँ मिनेटमा केइल वाल्करको पासमा सिल्भाले गोल गर्दै अग्रता दिलाएका थिए । ३५ औँ मिनेटमा ब्रुनो गुमिरेजको पासमा इसकले गोल गर्दै न्यूक्यासललाई बराबरीमा लए । ३७ औँ मिनेटमा डान ब्रुनको पासमा गोर्डनले गोल गरेपछि पहिलो हाफमा न्यूक्यासलले २–१ को अग्रता बनायो ।
सिटीले बराबरी गोल गर्न ७४ औँ मिनेट कुर्नु परेको थियो । रोड्रीको पासमा ब्रुएनले गोल गर्दै बराबरी गरेका थिए । दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा सिटीको ब्रुएनको पासमा बोबले गोल गरेपछि अन्ततः सिटी ३–२ को जित निकाल्दै तालिकामा स्पष्ट ३ अङ्क लिन सफल भयो ।
जितसँगै सिटी २० खेलबाट ४३ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । पराजित भएको न्यूक्यासल युनाइटेड २१ खेलबाट २९ अङ्कका साथ तालिकाको १० औँ स्थानमा छ । प्रियिमर लिगमा लिभरपुल २० खेलबाट ४५ अङ्कका साथ शीर्ष स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण