सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रिमियर लिगमा सिटीको कठिन जित

आइतबार, २९ पुस २०८०, ०८ : ३४
आइतबार, २९ पुस २०८०

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा सिटीले न्युक्यासललाई ३–२ गोल अन्तगरले पराजित गरेको हो । सिटीको सिजतमा बर्नान्डो सिल्भा, केभीन डी ब्रुएन र ओस्कार बोबले १–१ गोल गर्दा न्यूक्यासलका लागि एलेक्जेन्डर इसक र एन्थोनी गोर्डनले १–१ गोल फर्काएका थिए ।

न्यूक्यासलको मैदानमा सिटीले २६ औँ मिनेटमा केइल वाल्करको पासमा सिल्भाले गोल गर्दै अग्रता दिलाएका थिए । ३५ औँ मिनेटमा ब्रुनो गुमिरेजको पासमा इसकले गोल गर्दै न्यूक्यासललाई बराबरीमा लए । ३७ औँ मिनेटमा डान ब्रुनको पासमा गोर्डनले गोल गरेपछि पहिलो हाफमा न्यूक्यासलले २–१ को अग्रता बनायो ।

सिटीले बराबरी गोल गर्न ७४ औँ मिनेट कुर्नु परेको थियो । रोड्रीको पासमा ब्रुएनले गोल गर्दै बराबरी गरेका थिए । दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा सिटीको ब्रुएनको पासमा बोबले गोल गरेपछि अन्ततः सिटी ३–२ को जित निकाल्दै तालिकामा स्पष्ट ३ अङ्क लिन सफल भयो । 

जितसँगै सिटी २० खेलबाट ४३ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । पराजित भएको न्यूक्यासल युनाइटेड २१ खेलबाट २९ अङ्कका साथ तालिकाको १० औँ स्थानमा छ । प्रियिमर लिगमा लिभरपुल २० खेलबाट ४५ अङ्कका साथ शीर्ष स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप