सुर्खेतमा दुई वटा गाडी एकापसमा ठोक्किँदा ११ जना घाइते
आइतबार, २९ पुस २०८०, १७ : २५
सुर्खेत । सुर्खेतमा दुई वटा गाडी एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । आइतबार दिउँसो भेरीगंगा नगरपालिका–१३ को पैसठी भन्ने ठाउँमा स्कार्पियो र भ्यान एकापसमा ठोक्किएका थिए ।
राजधानी वीरेन्द्रनगरबाट नेपालगन्जतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०१७१ नम्बरको स्कार्पियो र विपरीत दिशाबाट आइरहेको भे १ ज ७४३ नम्बरको भ्यान एकापसमा ठोक्किएका थिए ।
जिल्ला ट्राफिक कार्यालयले दिएको जानकारी अनुसार दुई वटै गाडीमा सवार ११ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर छ ।
घाइतेहरूको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको छ भने स्कार्पियोका चालक फरार रहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
-
इरान युद्धलाई असफल ठान्छन् अधिकांश अमेरिकी
-
पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण