12th फेलकी मेधाको रणवीरसँग काम गर्ने सपना
मुम्बई । 12th फेलकी अभिनेत्री मेधा शंकरले यो फिल्मबाट धेरै तारिफ पाएकी छिन् । उनको चरित्रमा देखाइएको शालीनतालाई जनताले मन पराएका छन् ।
ओटीटीमा फिल्म रिलिज भएपछि मेधा शंकर सामाजिक सञ्जालमा रातारात लोकप्रिय भइन् । हालैको एक अन्तर्वार्तामा मेधाले आफू रणवीर कपुरसँग काम गर्न चाहेको बताइन् । मेधाले 12th फेलमा श्रद्धाको भूमिका निभाएकी छिन् । आजकल उनलाई राष्ट्रिय क्रसको रुपमा हेरिएको छ ।
बलिउड हंगामासँगको कुराकानीमा मेधा शंकरलाई कुन बलिउड अभिनेतासँग काम गर्न मन छ भनेर सोधियो थियो । उनले तुरुन्तै रणवीर कपूरको नाम लिएकी थिइन्।
यसबाहेक अभिनयमा करियर बनाउन कसरी आफ्नो बुवालाई मनाउनुपर्यो भन्ने पनि अभिनेत्रीले खुलाइन् । मध्यमवर्गीय परिवारबाट आएकी उनको अभिनेत्री बन्ने सोचले बुबालाई ठुलो धक्का लागेको बताइन् । मेधाले भनिन्, ‘जब मैले यसबारे बुबासँग पहिलो पटक कुरा गरेँ, उहाँले मलाई सोध्नुभयो - के तिम्रो दिमाग हरायो ?’

अभिनेत्रीले भनिन्, ‘अभिनय पढाइमा राम्रो गर्न नसक्ने मानिसहरूको लागि हो भन्ने बुबालाई लाग्थ्यो ।‘ तर, मेधाले पढाइमा स्नातकोत्तर गरेकी थिइन् । जसका कारण उनले बुवासँग अभिनय गर्न २ वर्षको समय मागेका थिए । तर ती दुई वर्षमा केही राम्रो भएन । यता मेधाका बुवाले उनलाई अर्कै काम गर्न आग्रह गरिरहेका थिए । मेधाले फेरि बुवासँग दुई वर्षको समय मागिन् । यसपटक भने उनले मुम्बई आएर आफ्नो सपना पूरा गर्ने विश्वास लिएकी थिइन् ।
'12th फेल' अब IMDb मा अहिलेसम्मको सबैभन्दा उच्च मूल्याङ्कन भएको भारतीय फिल्म बनेको छ। यसले शाहरुख खानको 'डिकी', 'ओएमजी-२', 'जवान', 'पठान' र रणवीर कपूर-बबी देओलको 'एनिमल'लाई पनि पछाडि छोडेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
-
पूजाले चुमिन् ‘द मिसेस नेशनल’को ताज
-
एउटै वडाले बनायो २२ किलोमिटर सडक कालोपत्रे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण