मनोज र करुणाले बनाए कौडा गीत ‘जूनै टिपेर’
बुधबार, ०३ माघ २०८०, ०८ : ५८
_OCZ2ggtqnj.jpg)
काठमाडौँ । गायक मनोज थापा र गायिका करुणा पुनको सुमधुर स्वर रहेको कौडा गीत ‘जूनै टिपेर’ सार्वजनिक भएको छ । मगर तथा गुरुङ समाजको परिचय झल्काउने यस गीतमा शब्द, सङ्गीत स्वयम् गायिका पुनको रहेको छ । गीतको सङ्गीत संयोजन देबेश राईले गरेका हुन् ।
गीतको भिडियो पनि मौलिक संस्कृतिमा आधारित रहेर तयार पारिएको छ । जसमा आनन्द गुरुङ र चाहना मगरको अभिनय देख्न सकिन्छ ।
मनोज कार्कीको सम्पादन रहेको भिडियोमा मौसम हिमालीको कोरियोग्राफी र निर्देशन छ । भिडियो गायक थापाको आधिकारिक च्यानल ‘मनोज थापा मगर’ मार्फत सार्वजनिक भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् राजा श्रीनिवास मल्लको सिंहासन
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’मा सहभागी हुन मलेसिया उडे आरभ
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
पठाओ राइडर हुन ८० प्रतिशत अंकसहित परीक्षा पास अनिवार्य
-
सर्वोच्च अदालतका लागि तीन न्यायाधीश सिफारिस