मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एक वर्षे उपलब्धि सार्वजनिक गर्दै गर्दा मधेस प्रदेशमा सत्ता गठबन्धनकै नारा जुलुस

बुधबार, ०३ माघ २०८०, १५ : ३३
बुधबार, ०३ माघ २०८०

काठमाडौँ । मधेस प्रदेश सरकारले आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गर्दै गर्दा सत्तारुढ दलले नै विरोध प्रदर्शन गरेको छ । बुधबार मधेस प्रदेश सरकारले आफ्नो एक वर्षे कार्यप्रगितबारे जानकारी गराएको थियो । 

जनकपुरको महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रमा आयोजित कार्यक्रममा मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशको वर्ष दिनको कार्य प्रगतिबारे जानकारी गराइरहेको बेलामा जनमत पार्टीका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् । 

उनीहरुले साइकल चोरलाई कारबाही गर्, भ्रष्ट सरकार मुर्दावाद लगायतका नारा लगाएर विरोध गरेका हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप