शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

यात्राभर यात्री विमानको शौचालयमा थुनिएपछि...

बुधबार, ०३ माघ २०८०, १५ : ४०
बुधबार, ०३ माघ २०८०

नयाँ दिल्ली । भारतीय विमान सेवा प्रदायक कम्पनी स्पाइसजेट यतिबेला चर्चामा छ । फ्लाइटको टिकट काटेर विमान चढेका एक यात्रीले पूरै यात्रा प्लेनको ट्वाइलेटमा बसेर गर्नुपर्‍यो ।

मुम्बईबाट बैंगलुरुतर्फ जान लागेको स्पाइस जेटको फ्लाइटको ट्वाइलेटमा एक जना यात्री नराम्ररी फसे । करिब १०० मिनेटको यस यात्रामा ती यात्री फ्लाइट अवतरण भएपछि मात्रै ट्वाइलेटबाहिर निस्कन सके । यात्रामा असुविधा भोग्न बाध्य ती यात्रीसँग कम्पनीले माफी माग्दै सारा पैसा फिर्ता गर्ने भएको छ ।

के भएको थियो ?

यो घटना मंगलबारको हो । मुम्बईबाट स्पाइसजेटको एसजी–२६८ फ्लाइट बैंगलुरुका लागि उड्यो । यसैबिच ती यात्री ट्वाइलेट गए । विमानको वाशरुमको ढोकाको लकमा समस्याका कारण खुल्दै खुलेन । एक घण्टाभन्दा बढी समयको यात्रा नसकिँदा सम्म उनी त्यहीँ थुनिए । विमान अवतरण भएपछि एक जना इञ्जिनियरको मद्दतमा बल्ल तल्ल ढोका खोल्न सकियो ।

हालैका दिनमा भारतमा बजेट एयरलाइन्ससँग सम्बन्धित खबरहरु हेडलाइन बनिरहेका छन् । हालै मात्र कुहिरोका कारण इन्डिगोको उडानमा ढिलाई भएपछि एक जना यात्रीले पाइलटमाथि मुक्का हानेको समाचार भाइरल बनेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप