६ महिनामा झन्डै दुई लाख पर्यटक मुस्ताङ पुगे
पोखरा । चालू वर्षको पहिलो ६ महिनामा झन्डै २ लाख पर्यटकले मुस्ताङ घुमेका छन् । पुस मसान्तसम्म १ लाख ९० हजार ४ सय ७४ आन्तरिक तथा बाह्य पर्यटकले मुस्ताङ भ्रमण गरेका हुन् ।
चालु आर्थिक वर्षको साउनदेखि पुससम्म नेपाली १ लाख ५५ हजार ३८, सार्क राष्ट्रका पर्यटक २९ हजार ९ सय ९२ र अन्य राष्ट्रका पर्यटक ५ हजार ४ सय ४४ जना मुस्ताङ भित्रिएका प्रहरीको तथ्याङ्कमा छ । यही अवधिमा ३५ हजार ८ सय ९७ वटा सवारी साधन मुस्ताङ भित्रिएका डिएसपी भोजराज पाण्डेले जानकारी दिए ।
साउनमा ९ हजार ६ सय २ जना पर्यटक र १ सय ९१ जना कर्मचारी तथा कामदार मुस्ताङ छिरेका थिए । भदौमा पर्यटक १० हजार ७ सय २५ र २ सय ५ जना कर्मचारी तथा स्थानीय, असोजमा पर्यटक ३३ हजार ८ सय, कार्तिकमा ७९ हजार ३ सय ७३ जना पुगेका छन् ।
मङ्सिरमा ४२ हजार २ सय ८४ जना र पुसमा १७ हजार ४ सय ५७ जना पुगे । जिल्ला प्रहरी कार्यालय मुस्ताङ अन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना घासामा कम्प्युटर प्रणाली मार्फत अभिलेख राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण