मिर्चैया नगरपालिकामा राहदानी सेवा सुरु
बिहीबार, ०४ माघ २०८०, १३ : २९
सिरहा । सिरहाको मिर्चैया नगरपालिकाले बुधबारदेखि स्थानीयस्तरबाटै राहदानी (पासपोर्ट) वितरण सेवा सुरु गरेको छ । नगरप्रमुख श्रवणकुमार यादवले मिर्चैया–६ की शर्मिलाकुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवा सुरु गरेका हुन् ।
“अब पालिकावासी राहदानीका लागि सदरमुकाम सिरहास्थित जिल्ला प्रशासन कार्यालय पटक–पटक धाउनुपर्ने बाध्यता हटेको छ”, नगरप्रमुख यादवले भने, “आगामी दिनमा यसलाई अझै प्रभावकारी र चुस्त बनाउने छौँ ।”
उनका अनुसार बायोमेट्रिकबाहेक आवेदनलगायतका सम्पूर्ण काम पालिकाबाटै हुने भएको छ । स्थानीयस्तरबाट राहदानी पाउने भएपछि स्थानीय खुसी भएका छन् ।
नागरिकलाई सहज होस् भनेर जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सो कार्यालयबाट प्राप्त राहदानी पालिकाबाट नै वितरण सुरु गरिएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण