शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले राम मन्दिर प्राण प्रतिष्ठाका दिन आधा दिन छुट्टी दिने

बिहीबार, ०४ माघ २०८०, १६ : ०९
बिहीबार, ०४ माघ २०८०

नयाँ दिल्ली । अयोध्यामा राम मन्दिरमा प्राण प्रतिष्ठाको दिन नजिकिँदैं छ । जनवरी २२ मा प्राण प्रतिष्ठा हुँदैछ । यस अवसरमा केन्द्र सरकारले देशभर नै केन्द्रीय कार्यालय, संस्थान, औद्योगिक प्रतिष्ठानमा आधा दिनको छुट्टी दिने घोषणा गरेको छ ।

यो दिनमा अढाई बजेसम्म मात्रै सरकारी कार्यालय खुला रहनेछन् । उत्तर प्रदेशले भने उक्त दिनमा प्रदेशभर नै मासु, माछा, रक्सीको बिक्रीमा पूरै बन्देज लगाउने भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यानन्द र अन्य चर्चित व्यक्तिहरुको उपस्थितिमा प्राण प्रतिष्ठा हुँदैछ । हजारौं अतिथिहरूलाई निम्तो पठाइएको छ ।

कार्यक्रममा बलिउडका सेलिब्रेटी, क्रिकेटर, उद्योगी र व्यापारीसमेत ७ हजारभन्दा धेरै अतिथि आउने बताइएको छ । मोदीले सन् २०२० अगष्ट ५ मा राम मन्दिरको जग पूजा गरेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप