कोभिडको बेला घर फर्किएका ८ नेपालीलाई साउदीको कम्पनीले तलब लिन बोलायो
काठमाडौं । कोरोना महामारीका बेला घर फर्किएका ८ नेपालीलाई तलब लिन साउदीको एक कम्पनीले बोलाएको छ । साउदी अरेबियाको साउदी कन्स्ट्रक्सन डेभलपमेन्ट कम्पनीमा काम गर्दै आएका तर, कोभिड महामारीमा घर गएका ८ जना नेपालीलाई त्यो बेला काम गरेको तलब लिन बोलाएको हो । त्यसका लागि कम्पनीले साउदीस्थित नेपाली राजदूतावासलाई पत्राचार गरेको थियो ।
महामारीले गर्दा फर्की कम्पनीमा आउृन नसकेको, कम्पनीले दिनुपर्ने तलब सुविधा (सर्भिस बेनिफिट) भुक्तानीको लागि उनीहरूलाई सम्पर्क गर्न प्रयास गरेको तर, नसकेको जानकारी कम्पनीले दूतावासलाई गराएको थियो । सोही आधारमा दूतावासले ति ८ जनालाई कम्पनीमा सम्पर्क गरी वा कम्पनीको इमेल ठेगानामा आफ्नो जानकारी दिन अनुरोध गरेको हो ।
त्यसरी कम्पनीले बोलाएकोमा सिराहका सञ्जय कुमार यादव र बुध्न मुखीया मलह, सुरेश कुमार शाह, नवलपरासीका बाबुराम केवत, खोटाङका प्रकाश गिरी, उदयपुरका देब बहादुर राना मगर र तेह्रथुमका भिमप्रदास दाहाल रहेका छन् । उनीहरूले उक्त कम्पनीबाट ५४ हजार ३१६ साउदी रियल तलब पाउनेछन् । उक्त रकमको नेपाली (एक साउदी रियाल बराबर ३५.४६ रूपैयाँ हुँदा) १९ लाख २६ हजार रूपैयाँ भन्दा बढी हुन आउँछ ।
यसअघि साउदीकै टाट पल्टिएको अर्को कम्पनीले समेत ५५ जना नेपालीलाई काम गरेको बाँकी तलब लिन बोलाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण