घट्दै छ राउटेको जनसङ्ख्या, पुनः एक बालिकाको मृत्यु
दैलेख । लोपोन्मुख राउटे समुदायको जनसङ्ख्या प्रत्येक वर्ष घट्दै गइरहेको छ। बिहीबार राती पुनः एक बालिकाको मृत्यु भएसँगै राउटे समुदायको जनसङ्ख्या अब १३७ कायम रहेको छ ।
बिहीबार मृत्यु भएकी बालिका हरिबहादुर शाहीकी १२ बर्सिया छोरी दुर्गा शाही हुन् । मृतक बालिका एक महिनाअघि देखि बिरामीले थलिएकी थिइन् । एक महिनादेखि बिरामी उनको आँखा पहेँलो थियो ।
राउटे समुदायमा काम गर्दै आएका सोसेक नेपालका कर्मचारी लालबहादुर खत्रीका अनुसार खानपिनमा ध्यान दिनु भनिए पनि माघे संक्रातिमा खानपिन गर्दा बिरामले थप च्याप्यो । जसका कारण गए राति बालिकाको मृत्यु भएको उनले बताए।
मान्छेको मृत्यु भएपछि यो समुदाय बसिरहेको ठाउँ सर्ने गर्दछ । हाल दैलेखको भैरवी गाउँपालिकामा बस्दै आएको राउटे समुदाय बालिकाको मृत्यु भएसँगै शुक्रवार चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ सुईयातडामा बसाई सरेका छन्।
दुई वर्ष यतादेखि राउटेको जनसङ्ख्या घट्दै गएको छ । केही महिनाअघि मात्रै दीपक शाहीकी श्रीमतीमा यस्तै लक्षण देखिएर मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
-
इरान युद्धलाई असफल ठान्छन् अधिकांश अमेरिकी
-
पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण