डिप्रेशनमा थिए विवेक ओबरोए
नयाँ दिल्ली । बलिउड अभिनेता विवेक ओबरोएको जीवनमा यस्तो समय पनि आएको थियो, जति बेला उनीसँगै एउटै काम थिएन । तेरो त करियर नै खत्तम भयो भनेर मान्छेहरूलाई उनलाई भन्न थालिसकेका थिए ।
यस्ता कुराहरु सुनेर उनी निकै प्रभावित हुन्थे । यसैबिच उनी डिप्रेशनमा गए । अहिलेसम्म त करियर ढंगले सुरु पनि भएको छैन, कसरी सकिन्छ भन्ने प्रश्नले उनलाई सताउँथ्यो । यी सबै कुरा विवेकले हालै एउटा अन्तरवार्तामा भनेका हुन् ।
विवेकले अहिले तनाव लिन छाडेका छन् । अहिले उनले निकै काम पाइरहेका छन् । जवान विवेकलाई के सल्लाह दिन चाहन्छौँ भनेर मिर्ची प्लसलाई दिइएको एउटा अन्तरवार्तामा सोधिएको थियो । यसको जवाफमा उनले भने, ‘उसको लागि मेरो सल्लाह यही हो कि कहिले पनि कसैको कुरा सुनेर तनाव नलिउ । त्यतिबेला पनि नलिउँ जतिबेला लाग्छ कि दुनियाँ सकिनेछ । यस्तो वास्तवमा सम्भव नै छैन । केही पनि स्थायी छैन । आज सफलता छ, भोली त्यो अन्तै जानेछ । शान्त रहनु, आराम गर्नु अनि खुसी रहनु ।’
अब त तनाव लिन्न
उनका अनुसार मात्रै तनावमा उनले निकै समय बरबाद गरे । ‘म डिप्रेशनमा गएको थिएँ । मेरो मानसिक स्वास्थ्य पूरै खराब भयो । जब मान्छेहरुले मेरो करियर खत्तम भयो भनेर भन्न थाले म सोचमग्न भए । सोच्न थालेको थिएँ बल्ल त करियर सुरु भइरहेको छ, कसरी सकिएला ।’ तर अहिले विवेक धेरै तनाव लिँदैनन् । उनले टन्नै काम पाइरहेका छन् । रोहित शेट्टीको निर्माण र निर्देशनमा बनेको वेब सिरिज इन्डियन पुलिस फोर्समा विवेक प्रहरी अधिकारीको भूमिकामा देखिएका छन् । यो फिल्ममा शिल्पा शेट्टी, सिद्धार्थ मल्होत्रा जस्ता सेलिब्रेटी मुख्य भूमिकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
-
पूजाले चुमिन् ‘द मिसेस नेशनल’को ताज
-
एउटै वडाले बनायो २२ किलोमिटर सडक कालोपत्रे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण