आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

देवाही गोनाहीका पूर्व मेयरले विशेष अदालतबाट पाए सफाइ

शुक्रबार, ०५ माघ २०८०, २० : १५
शुक्रबार, ०५ माघ २०८०

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका पूर्व मेयर धर्मेन्द्र पटेलले विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । उनका सहयोगीको रूपमा रहेका अशोक पटेलले पनि उक्त मुद्दामा सफाइ पाएका छन् ।

शुक्रबार न्यायाधीशहरु खुशी प्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले पूर्व मेयर पटेल र उनका सहयोगीलाई भ्रष्टाचार मुद्दाबाट सफाइ दिएको हो ।

२०७८ फागुन १५ गते तत्कालीन मेयर धर्मेन्द्र पटेल नगरपालिकाको कार्यकक्षबाटै पक्राउ परेका थिए । उनलाई दुई लाख नगद र साढे दुई लाख रुपैयाँको चेकसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयको टोलीले पक्राउ गरेको थियो ।

देवाही गोनाही नगरपालिका वडा नम्बर १ का अध्यक्ष शेख नुरुल्लाहसँग घुस लिएको आरोपमा अख्तियारको टोलीले तत्कालीन मेयर पटेल र उनका स्वकीय सचिव अशोक पटेल लगायत चार जनालाई पक्राउ गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप