गायिका संगम लामिछानेको नयाँ गीत ‘ए गौरी’ को भिडियो सार्वजनिक

काठमाडौँ । काठमाडौँ चर्चित लोक तथा दोहोरी गायिका संगम लामिछानेको नयाँ गीत ‘ए गौरी’ सार्वजनिक भएको छ । बद्री सापकोटा र संगम लामिछानेको स्वर भएको उक्त गीतमा कृष्ण लामिछानेको शब्द तथा बद्री सापकोटाको संगीत रहेको छ ।
उक्त गीतमा बिनोद बाजुरालीको संगीत संयोजन रहेको छ । चर्चित मोडल अञ्जली अधिकारी तथा विमल अधिकारी साथै रिया खड्का र दीपक पौड्यालको अभिनय रहेको उक्त गीत संगम लामिछाने युट्युब च्यानल बाट सार्वजनिक भएको छ । मौसम हिमालीको निर्देशन रहेको उक्त गीत नवराज उप्रेतीले खिचेका हुन्।
रामेछाप जिल्ला स्थायी घर भएकी बहुचर्चित काठे गीत ‘हे मेरो सानु कि’ गायिका संगम लामिछाने काठ क्षेत्रकी बहुत चर्चित गायिका हुन् । काठ क्षेत्र मात्र नभएर पश्चिमी गीत सम्म गाउन खप्पिस गायिका लामिछानेले यसपालि भने पश्चिमी गीत बजारमा ल्याएकी हुन्। बहुचर्चित गीत बस बस पियारीका सङ्कलक तथा गायक बद्री सापकोटासँगको सहकार्यमा झ्याउरे गीत ए गौरी लामिछानेले सार्वजनिक गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पठाओ राइडर हुन ८० प्रतिशत अंकसहित परीक्षा पास अनिवार्य
-
सर्वोच्च अदालतका लागि तीन न्यायाधीश सिफारिस
-
कोशी प्रदेश : यसपटक पनि योजना छनौटमा पहुँचवालाकै 'तजबिजी', टुक्रे योजनाको बाढी लाग्ने
-
गर्मी छल्न त्रिशूलीमा र्याफ्टिङ
-
संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटमा फैसला आज
-
नयाँ स्टक एक्सचेञ्जसम्बन्धी अध्ययन प्रतिवेदनमा के छ ?