गायिका संगम लामिछानेको नयाँ गीत ‘ए गौरी’ को भिडियो सार्वजनिक
काठमाडौँ । काठमाडौँ चर्चित लोक तथा दोहोरी गायिका संगम लामिछानेको नयाँ गीत ‘ए गौरी’ सार्वजनिक भएको छ । बद्री सापकोटा र संगम लामिछानेको स्वर भएको उक्त गीतमा कृष्ण लामिछानेको शब्द तथा बद्री सापकोटाको संगीत रहेको छ ।
उक्त गीतमा बिनोद बाजुरालीको संगीत संयोजन रहेको छ । चर्चित मोडल अञ्जली अधिकारी तथा विमल अधिकारी साथै रिया खड्का र दीपक पौड्यालको अभिनय रहेको उक्त गीत संगम लामिछाने युट्युब च्यानल बाट सार्वजनिक भएको छ । मौसम हिमालीको निर्देशन रहेको उक्त गीत नवराज उप्रेतीले खिचेका हुन्।
रामेछाप जिल्ला स्थायी घर भएकी बहुचर्चित काठे गीत ‘हे मेरो सानु कि’ गायिका संगम लामिछाने काठ क्षेत्रकी बहुत चर्चित गायिका हुन् । काठ क्षेत्र मात्र नभएर पश्चिमी गीत सम्म गाउन खप्पिस गायिका लामिछानेले यसपालि भने पश्चिमी गीत बजारमा ल्याएकी हुन्। बहुचर्चित गीत बस बस पियारीका सङ्कलक तथा गायक बद्री सापकोटासँगको सहकार्यमा झ्याउरे गीत ए गौरी लामिछानेले सार्वजनिक गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण