अस्ट्रेलियामा नेपालको झल्को दिने गाउँ !

सबिन बराल
डार्विन । पढ्न होस या कमाउन, नेपालीको आकर्षक गन्तव्य बनेको छ, अस्ट्रेलिया । अध्यागमन विभागको तथ्यांकले नै अस्ट्रेलियानेपालीको आकर्षक गन्तव्य रहेको पुष्टि गर्छ ।
पछिल्लो समय अस्ट्रेलियामा नेपाली गाउँले परिवेशको दृश्यको चर्चा भइरहेको छ । पुतली लज, पराजूली कार्पेट्स,दर्बाङ्ग फ्रेसहाउस तथा तरकारी पसल, नेपाल प्रहरीको गाडी र सँगै माउन्ट एभरेष्ट टूर बस । नेपाली गाउँ, गाउँले परिवेशलाई मात्रै होइन भिरपाखालाई पनि हुबहु उतारिएको छ उक्त ठाउँमा । लाग्छ साँच्चिकै हामी नेपालकै कुनै गाउँमा गएका छौ ।
तर, यो बसोबासका लागि बनाइएको गाउँ भने होइन । यो गाउँ एक हलिउड सिनेमा ‘आइस रोड २ः टु दि स्काई’ को लागि बनाइएको हो । यसको पहिलो श्रृङ्खला ‘आइस रोड’ अस्कर नोमिनेसनमा परिसकेको चलचित्र हो। लायम निसन अभिनित उक्त सिनेमामा नेपाली दुर्गम गाउँको कथा समेट्नु पर्ने भएकाले भिक्टोरिया राज्यको गिप्सल्याण्ड स्थित वालहलाको एक क्षेत्रलाई नेपाली हिमाली भेगको झल्को दिने गरि निर्माण गरिएको हो ।
सिनेमा छायाँङ्कनकै लागि यतिबेला निर्माता टोली अस्ट्रेलियामा छ । नेपालको पहिचान र संस्कृति झल्कने गरि तयार पारिएको उक्त गाउँमा झण्डै एक साता सिनेमा छायाँकन हुने जनाइएको छ । सिनेमाको कथामा अभिनेता लिसन आफ्नो भाइको अस्तु सेलाउन सगरमाथा जाँदाको दृश्य देखाउन खोजिएको छ । सिनेमामा सहभागि हुनका लागि भिक्टोरिया राज्यमा रहेका २० देखि ७० बर्षसम्मका नेपालीहरुलाई आग्रह गरिएको थियो ।
अस्ट्रेलियाको अर्थतन्त्रमा ३० मिलियन डलरको योगदान पुग्ने र त्यस क्षेत्रका ६ सय भन्दा बढी स्थानीयलाई रोजगार दिने गरि साताभर सिनेमाको छायाँकन हुँदैछ भनिएको छ । नेपाल र सगरमाथा प्रतिको प्रेम हलिउड सिनेमाको कथाबस्तु बन्नु गर्वको कुरा भएको कतिपयको भनाइ छ ।
अझ, नेपालबाट टाढा रहेका नेपालीहरु जो अस्ट्रेलियामा बसोबास गर्छन्, उनीहरुको लागि त खुशी बढ्ने नै भयो। तर पनि प्राकृतिक सम्पन्नताले भरिएको नेपालमानै उक्त चलचित्र निर्माण हुन सकेको भए नेपाली अर्थतन्त्र र पर्यटन प्रवर्दनमा केहि सहयोग हुने थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गम्भीर रोगको उपचार बीमाबाट हुने व्यवस्था गर्न ‘सुविधा थैली’ को परिमार्जन गरिने
-
यस्तो छ ५६ पेज लामो सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
-
१३ वर्षीय किशोर लिएर भागेकी शिक्षिका भन्छिन्– ऊ मेरो गर्भमा रहेको बच्चाको पिता हो
-
गण्डकी प्रदेशलाई हराउँदै इरानको टोली सेमिफाइनलमा
-
१४ वर्ष मुनिका बालबालिकाका लागि नि:शुल्क क्यान्सर उपचार सेवा दिने घोषणा
-
निजामति कर्मचारी विधेयक बर्खे अधिवेशनबाट पारित गरिने