मोबाइलमा कार्टुन हेर्दै गरेकी पाँच वर्षीय बालिकाको हृदयघातबाट मृत्यु !
काठमाडौँ । भारतको उत्तरप्रदेश राज्यको अमरोहामा मोबाइल हेर्दाहेर्दै पाँच वर्षीय एक बालिकाको मृत्यु भएको छ । हसनपुर क्षेत्रको हथियाखेडा गाउँ निवासी ती बालिका मोबाइलमा कार्टुन हेरिरहेकी थिइन् ।
मोबाइल अचानक हातबाट खसेर बालिका ढलेपछि परिवारजनले उनलाई गाउँकै एक चिकित्सककहाँ लगेका थिए । चिकित्सकले ती बालिकालाई मृत घोषित गरे ।
शनिबार बिहान ती बालिकाको अन्तिम संस्कार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मृतक बालिकाकी आमालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार ३० जनवरीमा ती बालिकाको पाँचौँ जन्मोत्सव मनाइएको थियो । बालिकाकी आमाका अनुसार उनकी छोरीलाई कुनै प्रकारको शारीरिक समस्या देखिएको थिएन । यद्यपि, पोस्टमार्टम नगरिएका कारण बालिकाको मृत्युको ठोस कारण यही नै हो भनेर किटान गर्न कठिन हुने मुख्य चिकित्सा अधिक्षक डा. सत्यपाल सिंहले जनाएका छन् । परिवारजनले सुनाएको विवरण अनुसार हृदयघातकै कारण मृत्यु भएको हुन सक्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सदन लामो समय स्थगित गरिएकोमा खुस्बु ओलीको असन्तुष्टि
-
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
-
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण