इण्डियन आइडलकाे टप टेनमा प्रवेश गरिन् मेनुका
सोमबार, ०८ माघ २०८०, १६ : १६

काठमाडौँ । गायिका मेनुका पौडेल इण्डियन आइडलको १४ औँ सिजनको अन्तिम १० मा प्रवेश गरेकी छन् ।
आइतबार बेलुका प्रसारित एपिसोडबाट उनी उत्कृष्ट १० पुगेकी हुन् । मेनुका उत्कृष्ट १० मा परेको घोषणा आइतबार एपिसोडमा भएको थियो ।
एपिसोडमा बटम–थ्रीमा परेका पियुष, अञ्जना र मुस्कानमध्येबाट मुस्कान बाहिरिएकी छन् । यो एपिसोडमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘फाइटर’को प्रमोसनका लागि अभिनेता ऋतिक रोशन समेत पुगेका थिए । जसअनुसार ऋतिक अभिनीत फिल्मका गीत गाएर एपिसोड विशेष बनाइएको थियो । ऋतिकले सहभागीसँग नाचगान समेत गरेका थिए ।
मेनुका सुरुको समय देखिनै प्रतियोगितामा जर्ज तथा अतिथिको मन जित्दै अगाडि बढिरहेकी छन् । मेनुकालाई यो सिजनको उपाधि दाबेदार समेत मानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी विनिमय सञ्चिति २५ खर्ब नाघ्यो, साढे १४ महिनाको आयात धान्ने
-
रेमिट्यान्स आप्रवाहमा नयाँ कीर्तिमान, एकै महिना १ खर्ब ६५ अर्बको रेकर्ड
-
अर्थमन्त्री र गभर्नरबिच दरारको खोजी गर्नेहरू निराश हुनेछन्: अर्थमन्त्री पौडेल
-
माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा छ : अध्यक्ष प्रचण्ड
-
दुर्गा प्रसाईँका कानुन व्यवसायीको बहस अन्तिम चरणमा, आजबाट तारा राजावादी तर्फबाट बहस हुँदै
-
प्रधानमन्त्रीसहितलाई पदमुक्त गर्न माग गरिएको रिट न्यायाधीश श्रेष्ठ र पाण्डेयको इजलासमा