इण्डियन आइडलकाे टप टेनमा प्रवेश गरिन् मेनुका
सोमबार, ०८ माघ २०८०, १६ : १६
काठमाडौँ । गायिका मेनुका पौडेल इण्डियन आइडलको १४ औँ सिजनको अन्तिम १० मा प्रवेश गरेकी छन् ।
आइतबार बेलुका प्रसारित एपिसोडबाट उनी उत्कृष्ट १० पुगेकी हुन् । मेनुका उत्कृष्ट १० मा परेको घोषणा आइतबार एपिसोडमा भएको थियो ।
एपिसोडमा बटम–थ्रीमा परेका पियुष, अञ्जना र मुस्कानमध्येबाट मुस्कान बाहिरिएकी छन् । यो एपिसोडमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘फाइटर’को प्रमोसनका लागि अभिनेता ऋतिक रोशन समेत पुगेका थिए । जसअनुसार ऋतिक अभिनीत फिल्मका गीत गाएर एपिसोड विशेष बनाइएको थियो । ऋतिकले सहभागीसँग नाचगान समेत गरेका थिए ।
मेनुका सुरुको समय देखिनै प्रतियोगितामा जर्ज तथा अतिथिको मन जित्दै अगाडि बढिरहेकी छन् । मेनुकालाई यो सिजनको उपाधि दाबेदार समेत मानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण