आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस सरकार भ्रष्टाचारमा डुबेको प्रभु साहको आरोप

सोमबार, ०८ माघ २०८०, २१ : ०१
सोमबार, ०८ माघ २०८०

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले मधेस सरकार भ्रष्टाचारमा डुबेको बताएका छन् । विकास आयोजनादेखि हरेक काम कारबाहीमा मधेस सरकार भ्रष्टाचारको हिस्सा बनिरहेको उनको आरोप छ ।

सर्लाहीमा आयोजित बृहत् अन्तरक्रिया कार्यक्रममा उनले बजेटको दुरुपयोग भइरहेकोप्रति सरकारका साथै मधेसमा सक्रिय दलहरुसमेत मौन बस्नुले गम्भीर प्रश्न उत्पन्न भएको बताए । बैंकहरुले लिइएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने लघुवित्त तथा सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा हुनुपर्ने तथा आम जनतालाई सहज कर्जा दिलाउनको लागि माघ ११ गतेको मधेस बन्द आह्वान समेत गरेको आजपाले मधेस सरकारले जंगलराजको अभ्यास गरेको आरोप लागेको छ ।

साहले कन्सल्टेंटको नाम राखेर बजेट बनाउने काम भइरहेको भन्दै कतिपय स्थानमा बजेट पठाउँदा व्यक्तिको नाम तोकेर बजेट पठाउने गरेको भन्दै आपत्ति जनाए ।

व्यक्तिगत लाभको लागि कर्मचारीलाई कुट्ने, डराउने र निरीह बनाउने कार्य समेत मधेस सरकारले गरिरहेको भन्दै स्वार्थ केन्द्रित कानुन नियम बनाउने  कामको विरोध समेत गरे ।

उनले कमिसन लिएर अनुदान दिने, बजेटको खुलेआम बिक्री वितरण गर्ने र  ⁠नस्ल र जातको आधारमा पक्षपात गर्ने काम भइरहेको भन्दै आलोचना गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप