बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तहसँग आन्तरिक रोजगार विवरण माग

मङ्गलबार, ०९ माघ २०८०, १० : १७
मङ्गलबार, ०९ माघ २०८०

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ स्थानीय तहसँग आन्तरिक रोजगार विवरण मागेको छ । 

मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई परिपत्र गर्दै गत आर्थिक वर्षमा सिर्जना गरिएको आन्तरिक रोजगारीको विवरण माग गरेको हो । श्रम मन्त्री शरद सिंह भण्डारीको अध्यक्षतामा बसेको निर्देशक समितिले आगामी आर्थिक वर्षदेखि ‘आन्तरिक रोजगार प्रवद्धन दशक’ का रुपमा अभियान चलाउने निर्णय समेत गरेको छ । 

स्थानीय तह मातहतको रोजगार सेवा केन्द्रबाट एकिकृत एकिकृत श्रम तथा रोजगार सेवा प्रवाहका लागि नीतिगत र कानुनी आधार बनाई रोजगार प्रवद्धन गर्ने निकायलाई पूर्ण जिम्मेवार बनाउने लक्ष्य मन्त्रालयको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप