प्रेस काउन्सिल पूर्वाग्रही बन्यो : अनलाइन पत्रकार संघ
बुधबार, १० माघ २०८०, २१ : २१
काठमाडौँ । अनलाइन पत्रकार संघले प्रेस काउन्सिल नेपाल पूर्वाग्रही बनेको बताएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै संघले परम्परागत सञ्चारमाध्यमका लागि लोक कल्याणकारी विज्ञापन दोब्बर बनाउन सरकारलाई सुझाव दिने तर अनलाइनसहितका डिजिटल न्यु मिडियालाई बेवास्ता गर्नुले काउन्सिल पूर्वाग्रही बनेको ठहर गरेको हो ।
संघका सचिव गोविन्द मरासिनीले विज्ञप्ति जारी गर्दै प्रेस काउन्सिल नेपालले मंगलबार पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापन बापतको रकम वृद्धि गर्न दिएको सुझावप्रति अनलाइन पत्रकार संघको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
संघले सरकारलाई सुझाव दिँदा सबै सञ्चारमाध्यमलाई प्रोत्साहन र प्रवर्धनमा गम्भीर बन्न र सबै सञ्चारमाध्यमलाई एकै नजरले हेर्न माग गरेको छ ।
_DfzEIGonl7.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण