शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस काउन्सिल पूर्वाग्रही बन्यो : अनलाइन पत्रकार संघ

बुधबार, १० माघ २०८०, २१ : २१
बुधबार, १० माघ २०८०

काठमाडौँ । अनलाइन पत्रकार संघले प्रेस काउन्सिल नेपाल पूर्वाग्रही बनेको बताएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै संघले परम्परागत सञ्चारमाध्यमका लागि लोक कल्याणकारी विज्ञापन दोब्बर बनाउन सरकारलाई सुझाव दिने तर अनलाइनसहितका डिजिटल न्यु मिडियालाई बेवास्ता गर्नुले काउन्सिल पूर्वाग्रही बनेको ठहर गरेको हो । 

संघका सचिव गोविन्द मरासिनीले विज्ञप्ति जारी गर्दै प्रेस काउन्सिल नेपालले मंगलबार पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापन बापतको रकम वृद्धि गर्न दिएको सुझावप्रति अनलाइन पत्रकार संघको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

संघले सरकारलाई सुझाव दिँदा सबै सञ्चारमाध्यमलाई प्रोत्साहन र प्रवर्धनमा गम्भीर बन्न र सबै सञ्चारमाध्यमलाई एकै नजरले हेर्न माग गरेको छ ।  

online journalist association press release 2080-10-10 (Govinda Marasini)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप