राष्ट्रिय सभा निर्वाचन
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरु
बिहीबार, ११ माघ २०८०, ०९ : १७
बुटवल । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० काे मतदान कार्य प्रारम्भ भएको छ । पहिलो मतदान प्रदेश सभा सदस्यतर्फ मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र स्थानीय तहतर्फ घाेराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले मतदान गरेका छन्।
दाङकाे घाेराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदानको व्यवस्था गरिएको छ । मतदानका लागि दुई लाइन विभाजन गरिएको छ।
लुम्बिनी प्रदेशमा गठबन्धनबाट अन्यतर्फ माओवादीका झक्कु सुवेदी र महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा चुनावी प्रतिस्पर्धामा छन् । एमालेका उम्मेदवारबाट महिलातर्फ तुलसा कुमारी केसी र अन्यतर्फ झपेन्द्रबहादुर घर्ती क्षेत्रीको उम्मेदवारी परेको छ ।
राप्रपाले महिलातर्फ विजयलक्ष्मी सिंहलाई मैदानमा पठाउँदा जनमत पार्टीबाट बालगोविन्द चौधरी पनि प्रतिस्पर्धामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ करोड कमाउँदै ५१ औँ दिन मनायो ‘लालीबजार’ले
-
नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत
-
‘सङ्घीयता गुमे समावेशिता, लोकतन्त्र र संविधान गुम्ने खतरा’
-
कान्ति लोकपथमा रात्रिकालीन सवारी आवगमन पूर्ण रूपमा बन्द, यस्तो छ नयाँ तालिका
-
हेटौँडा–काठमाडौँ जोड्ने सडक राति बन्द हुने
-
लुम्बिनी प्रदेश सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण