राष्ट्रियसभा निर्वाचन
लुम्बिनी प्रदेशमा ९८ प्रतिशत मतदान
बिहीबार, ११ माघ २०८०, १४ : ००
बुटवल । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यको निर्वाचनमा दिउँसो १ बजे अगाडिसम्म ९८ प्रतिशत मतदान भएको छ । अब दश भोट मात्रै खस्न बाँकी रहेको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार प्रदेशसभा तर्फका दुई जना र स्थानीय तह तर्फका आठ जनाले मतदान गर्न बाँकी छ ।
घोराही उपमहानगरपालिका – १५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा रहेको मतदान केन्द्रमा बिहान ९ बजेपछि मतदान सुरु भएको थियो ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा कुल एकसय नौं स्थानीय तहका दुई सय १८ जना प्रमुख तथा उपप्रमुख र ८७ जना प्रदेशसभा सदस्यसमेत गरी कुल तीनसय पाँच जना मतदाता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
पहिलो हाफमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण