मेरो रिटायर्ड लाइफ
हिजोआज झिसमिसेमै मेरो आँखा खुल्छ ।
उठ्छु भन्दै अल्छी गर्दै एकछिन मन भुल्छ ।।
बिछौनामै दुवैजना, पिउँछौ तातोपानी ।
फुर्सद हुन्न बिहानमा मर्निङवाक जानी ।।
घर सफाइ र बाथरुमको काम सकेपछि ।
पूजाको काम सुरु हुन्छ पालैपालो बसी ।।
उनले पूजा सक्छिन् सधैँ आधा घन्टा लगाई ।
म नि पूजा गर्न खोज्छु, भक्ति भाव जगाई ।।
एक चित्त भई भक्तिभावमा, मन लगाउन खोज्छु ।
एकाग्र मन हुँदै हुन्न, के के सोच्छु सोच्छु ।।
हरेक काममा सँगै हुन्छौँ हामी दुवैजना ।
सँगै बसी लिने गर्छौं खाजा होस् या खाना ।।
छोरीहरू बाहिर बाहिर बुढाबुढी घरमा ।
उनी मेरो भरमा अनि म नि उनकै भरमा ।।
बिहानको काम सकियो मोबाइल लिई बस्छु ।
शुभकामना, शुभयात्रा लेख्न फेसबुक पस्छु ।।
कैले फेसबुक, कैले टिकटक कैले युट्युब हेर्छु ।
करकरी ढाड खान थाल्छ ओल्टो कोल्टो फेर्छु ।।
खेतीपाती अधियाँमा छैनन् भैँसीगाई ।
दिनैभरि छटपटिँदै गर्छु हाईहाई ।।
कृषि पशुपालन गर्न सक्दैन यो जिउले ।
सरकारले घर जा भन्यो, बुढो भाको निहुँले ।।
उनलाई हाई प्रेसर छ मलाई थाइराइड पनि ।
दिनहँु गोली खाने गर्छौं मरिन्छ कि भनी ।।
जुवा, तास जाँडरक्सीमा कैले मन गैन ।
छरछिमेकमा गफ लगाउने बानी पनि छैन ।।
जागिरमा समय बित्यो झन्डै एकतिस वर्ष ।
शनिबार आउँदा पनि लाग्थ्यो कति हर्ष ।।
सुन्ने सुनाउने गथ्र्यौं आफ्ना आफ्ना कुरा ।
सँगै काम सँगै गफ, बित्थ्यो दिन पूरा ।।
गते, बार, तिथिमिति भुल्छु हिजोआज ।
आफैँलाई प्रश्न सोध्छु छैन क्यै जवाफ ।।
आज हैन भोलि हैन सधैँ यस्तै चाल ।
रिटायर्ड यी मेरा दिन हँुदै छन् बेहाल ।।
अरुलाई नि यस्तै हो कि हो कि मलाई मात्र ।
कमेन्ट गरिदिनु होला भए कोही पात्र ।
(लेखक अर्याल सी अहेबबाट अवकाशप्राप्त हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण