लघुकथा : कुकुरदेखि सावधान
फोन गर्दा गर्दा नउठेर हत्तुहैरान भएपछि खोज्दै खोज्दै ऊ नेताज्यूको घरमै पुग्यो अनि घरको गेटमा भएको स्विच थिचेर बेल बजायो । कहीँबाट केही प्रतिक्रिया आएन । स्विचकै अलिमाथि सानो टिनको पत्तामा लेखिएको थियो– कुकुरदेखि सावधान ।
कुकुर भए भुक्नुपर्ने थियो । साइनबोर्ड मात्रै रहेछ । उसलाई एकातिर दिक्क लाग्यो अनि आश्चर्य पनि लाग्यो ।
उसले विगत सम्झँदै मनमनै सोच्यो – ‘चुनावको घोषणा हुनासाथ नेताज्यू सबैभन्दा पहिले मैलाई भेट्न गाउँमा जान्थे र मेरै घरमा बास बस्थे । यहाँ आउँदा बासको त कुरै छाडौँ, मेरै फोन समेत उठाउँदैनन् ।’
साँच्चै नै ऊ गाउँको मुखियाजस्तै थियो भने नेताज्यूका लागि भोट बैंकको म्यानेजरजस्तै । उसका कुरा धेरै गाउँलेले मान्थे पनि । गुलियो सपना बाँड्न नेताज्यू धेरै सिपालु थिए । ‘मैले चुनाव जितेँ भने मकहाँ आउनू अनि विकास निर्माणका लागि गर्नुपर्ने के के छन्, त्यसको विवरण पनि ल्याउनू । म सक्दो सहयोग गर्छु ।’ नेताज्यूले एकान्तमा उसलाई मात्रै सुटुक्क भन्न समेत भ्याएका थिए, ‘छोराछोरीलाई कतै जागिर लगाइदिनुप¥यो भने पनि मलाई सम्झनू ।’
नेताज्यूले चुनाव जितेरै छाडे । गाउँलेहरूमा अब आस पलायो । गाउँलेको सल्लाह मागेर धेरैजसो गाउँका विकासका काम अनि थोरै आफ्ना व्यक्तिगत काम लिएर नेताज्यूको शरण पर्न ऊ सहर गएको थियो । घरबाट हिँड्नुअघि फोनमा कुरा हुँदा नेताज्यूले नभनेका होइनन्, ‘यतै सहरमा आउनु न, म छँदै छु ।’
सहर झरेपछि आफू आएको जानकारी गराउन फोन गर्दा नेताज्यूले नउठाएर अरू कसैले उठाए र भने, ‘उहाँ व्यस्त हुनुहुन्छ, म कल ब्याक गर्न लगाउँछु ।’ तर फोन आएन ।
केही सीप नचलेपछि उसले नयाँ आइडिया लगायो र सानो चिट लेखेर साइनबोर्ड नजिकै खुसुक्क राख्यो, जसमा लेखिएको थियो, ‘नेताज्यू नमस्कार ! म हजुरको गाउँले कार्यकर्ता । हजुरको व्यस्तताले भेट हुन सकेन । बरु सहर आएपछि हजुरले व्यवहार मात्रै होइन, नाम समेत फेर्नुभएको कुरा मैले साइनबोर्ड हेरेर थाहा पाएँ । यो सावधानीको सूचनाका लागि हजुरलाई धेरे धेरै धन्यवाद !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण