प्रहरी समायोजन नगरे संघीय सरकारविरुद्ध कानुनी उपचार खोज्ने मन्त्री श्रेष्ठको चेतावनी
सिन्धुपाल्चोक । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले तुरुन्तै प्रहरी समायोजन नगरे संघीय सरकारविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् ।
मंगलबार सिन्धुपाल्चोकस्थित पाँचपोखरी थाङ्पाल प्रहरी चौकी भवनको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले तुरुन्तै प्रहरी समायोजन गर्न संघीय सरकारलाई आग्रह गरेका हुन् । नेपालको संविधानले प्रदेशको शान्ति सुरक्षाको जिम्मेवारी स्पष्ट रूपमा प्रदेश सरकारलाई दिएको उल्लेख गर्दै उनले प्रहरी समायोजन हुन नसक्दा प्रदेशको शान्ति, सुरक्षामा समस्या आउनसक्ने बताए ।
मन्त्री श्रेष्ठले तुरुन्तै प्रहरी समायोजन नगरे संविधान कार्यान्वयन गर्न संघीय सरकारविरुद्ध सबै प्रदेश एकताबद्ध भएर कानुनी उपचार खोज्ने चेतावनी दिए । उनले सेवाग्राहीलाई सेवा प्रवाह गर्दा सकारात्मक विभेदको नीति अनुसरण गर्न नेपाल प्रहरीलाई आग्रह गरे । उनले मातृभाषा प्रयोगकर्ता सेवाग्राहीलाई सकेसम्म सेवाग्राहीकै भाषामा सेवा प्रदान गर्न पनि निर्देशन दिए ।
उनले स्रोत, साधन, प्रविधिको सीमितताको बाबजुद पनि प्रहरी शान्ति, सुरक्षा र विपद्लगायतका आपत्कालीन अवस्थामा नागरिकको भरपर्दो साथी बनेको बताए । उनले प्रहरीलाई भविष्यमा सक्षम, सुदृढ, जनमैत्री र प्रविधिमैत्री बनाउन बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण