श्रमजीवीको अधिकारको सुनिश्चितता नभएसम्म विकास र रूपान्तरण सम्भव छैन : प्रदेश प्रमुख परियार

सुर्खेत । कर्णालीका प्रदेश प्रमुख तिलक परियारले देशमा श्रमजीवी वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा विकास र रूपान्तरण सम्भव नहुने बताएका छन् । तसर्थ, संविधानमा श्रमिकको हितलाई प्रत्याभूति गरिएको उनको भनाइ छ ।
१३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै परियारले नेपालको संविधानमा श्रम सम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको र त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताएका हुन् ।
‘श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हित रक्षाको निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदाबाजी गर्ने हकलाई प्रत्याभूत गरिएको छ,’परियारले भने, ‘संवैधानिक व्यवस्थापनलाई व्यवहारमा कार्यान्वयन गर्नु नै वर्तमानको महत्त्वपूर्ण पक्ष हो ।’
सम्पूर्ण मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन लगायतका हक अधिकारको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष मे १ लाई विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवसको रूपमा मनाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते
-
१० बजे १० समाचार : फेरि विद्यालय कर्मचारी रुष्टदेखि ओलीले झुक्याउने प्रचण्डको आशंकासम्म